राजनीति
पुष्पलाल श्रेष्ठलाई महासचिवबाट हटाउनु गलत - केपी शर्मा ओली
- गाउँ सहर संवाददाता
- ७ श्रावण शनिबार, २०७९ | १०:३५:०० मा प्रकाशित
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठलाई महासचिवबाट हटाउनु गलत भएको बताएका छन् ।
उनले आज पुष्पलालको स्मृति सभामा चर्चा गर्दै मनमोहन अधिकारीलगायतले पुष्पलाललाई हटाउन खोज्नु गलत भएको बताएका हुन् । पुष्पलालको लामो चर्चा गर्दै कम्युनिस्ट आन्दोलनको मार्गदर्शक, महान व्यक्ति हुँदाहुँदै पनि पार्टीले स्थान नदिएको ओलीले बताए ।
अध्यक्ष ओलीले नेपालको कम्युनिस्ट आन्दोलनमा खास व्यक्तिलाई खास ठाउँमा आउन रोक्ने षड्यन्त्र सधैँ हुने गरेको बताए । पुष्पलाललाई कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनमा मात्र नभई दोस्रो र तेस्रो महाधिवेशनमा पनि षड्यन्त्र गरेर नेतृत्वमा आउन नदिएको गुनासो गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस