स्वास्थ्य

देशमा काेराेनाका सक्रिय संक्रमित तीन हजार नजिक

काठमाडाैँ । देशमा काेराेनाका सक्रिय संक्रमित २ हजार ८४१ अर्थात तीन हजार नजिक पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ३ हजार ८३८ जनाकाे काेराेना परीक्षण गर्दा ४५६ संक्रमित पुष्टि भएका छन् । साे अवधिमा ८० जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार साे अवधिमा ३ लाख ८६ हजार ७८२ जनाले खाेप लगाएका छन् । साे अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन ।

अहिलेसम्म काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ११ हजार ९५४ रहेकाे छ ।

गाउँ सहर संवाददाता