याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- गाउँ सहर संवाददाता
- १९ असार बिहीबार, २०८२ | १५:१८:०० मा प्रकाशित

काठमाडौं । बिहीबार सेयर बजारले २७ सय अंक पार गरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.१४ अंक बढेसँगै २७०३ मा कायम भएको छ ।
बजार बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ९ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६४ करोडको भयो ।
१२२ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो । आज फाइनान्समा आकर्षण देखिएको छ । बजार घट्दा यहीं सेक्टर सबैभन्दा धेरै घटेको थियो । गत आइतबारदेखि बजार बढे पनि फाइनान्सको प्रदर्शन कमजोर रहँदै आएको थियो ।
आज बिहीबार भने एकै दिन यो समूह ४.०९ प्रतिशत बढेको छ । त्यस्तै जीवन बीमा २.६२, निर्जीवन बीमा २.२४ प्रतिशत बढे । बैंकिङ ०.३१, विकास बैंक १.२०, उत्पादन तथा प्रशोधन ०.३९ र अन्य समूह ०.०३ प्रतिशत बढे ।
व्यापार १.२९, माइक्रोफाइनान्स ०.२२, लगानी ०.७७, हाइड्रोपावर ०.५९ र होटल तथा पर्यटन समूह ०.०७ प्रतिशत घटे । नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै खानीखोला हाइड्रोपावरको ७.१७, समृद्धि फाइनान्सको ७.०८, भूगोल इनर्जीको ६.७८ तथा सयपत्री हाइड्रोपावरको ६.५७ प्रतिशत मूल्य बढ्यो ।
सप्तकोशी विकास बैंक र गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । धौलागिरि लघुवित्तको ५.५५ तथा पाँचथर पावरको ३.७९ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा बुटवल पावर, साहस ऊर्जा, सप्तकोशी विकास बैंक, राधि विद्युत् र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- साउन १५ खिर खाएर मनाइँने परम्परा
- ३ हजारबाट फर्कियाे नेप्से, १६ अर्ब ४४ करोडको काराेबार
- २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
- बागमती कांग्रेसमा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै
- सीतागढी टोलमा करेन्ट लागेर एक जनाको मृत्यु
- नागढुंगा–सिस्नेखोला सुरुङमार्ग- ९३ प्रतिशत भौतिक प्रगति
- उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा कांग्रेस सभापतिकाे जोड
- हदबन्दीभन्दा बढी जग्गा कुनैपनि हालतमा विक्री गर्न नपाइने
- नेप्से करिब ४ वर्ष यताकै उच्च विन्दुमा
- हायूको परिवारकाे १६ जनाले घर छाड्नुकाे कारण यस्ताे भने...
प्रतिकृया दिनुहोस