गाउँ सहर

देशका १८ जिल्लामा बाढीको खतरा, सर्वसाधारणलाई सतर्कता अपनाउन अनुराेध

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका १८ जिल्लामा बाढीको खतरा रहेको जनाएको छ ।

उसका अनुसार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, मकवानपुर, धादिङ, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, कैलाली, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा बाढीको खतरा रहेको छ ।

वर्षाका कारण ती जिल्लामा बहने केही स–साना नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक  बहाब समेत हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ । बहाब बढ्ने जिल्लाको तटीय क्षेत्रमा रहने सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

 

 

गाउँ सहर संवाददाता