अर्थतन्त्र
नेपाल लाइफको सिइओमा प्रविण रमण पराजुली नियुक्त
- गाउँ सहर संवाददाता
- ५ श्रावण बिहीबार, २०७९ | १२:५२:०० मा प्रकाशित
काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्सको सिइओमा प्रविण रमण पराजुली नियुक्त भएका छन् । कम्पनीले उनलाई साउन ४ गतेदेखि लागु हुने गरी सिइओ नियुक्त गरेको हो ।
बीमा समितिले पराजुलीलाई सिइओ नियुक्त गर्न साउन ३ गते स्वीकृति प्रदान गरेको थियो । साउन ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पराजुलीलाई आगामी ४ वर्षको लागि सिइओ नियुक्त गरेको हो ।
पराजुली रिलायन्स लाइफ इन्स्योरेन्सको सिइओबाट बाहिरीएपछि नेपाल लाइफमा डेपुटी नियुक्त भएका थिए ।
कुलिङ्ग पिरियडका कारण डेपुटी सिइओ बनेका उनले ६ महिनापछि सिइओको जिम्मेवारी समालेका हुन् ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा चार वर्षे कार्यकाल पुरा गरेर गत पुस १४ गतेदेखि बाहिरिएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस