प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीको २९औँ वार्षिकोत्सब सम्पन्न
- गाउँ सहर संवाददाता
- ३ श्रावण मंगलबार, २०७९ | १५:०७:०० मा प्रकाशित
काठमाडाैँ । प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीले आफ्नो स्थापनाको २९औँ वर्ष गाठ भब्यताका साथ मनाएको छ । लाजिम्पाटमा अवस्थित भुमी रेष्टुरेण्टमा आयोजित उक्त वार्षिकोत्सब कार्यक्रममा विभिन्न युनिभर्सिटीका नेपाल प्रतिनिधि, अतिथि र प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीको विभिन्न ब्रान्च प्रतिनिधिहरूको बाक्लो उपस्थित रहेको थियो ।
प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गरेको र भविष्यमा पनि अझ स्तरीय सेवा प्रदान गर्न उपस्थित अतिथिहरूले शुभकामनासमेत व्यक्त गरेका थिए ।
शुभकामना ब्यक्त गर्ने क्रममा साउदर्न क्रस युनिभर्सिटीकी कन्ट्री मेनेजर नेपाल, भुटान, बङ्गलादेश, नर्थ एण्ड नर्थ इष्ट इन्डिया सुबी प्रधान, सोही युनिभर्सिटीका क्लाइन्ट सर्भिस नेपाल, भुटान, बङ्गलादेश फुर्बु तासी लामा, यु टी एस कलेजकी रीजनल पाट्नर मेनेजर, सब कन्टीनेट अपराजिता सिङ मल्ल, नभितास् की एरीया मेनेजर नेपाल, सृष्टि भट्टराई लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीको यो सफल यात्रामा साथ दिनुहुने अतिथि र प्रोफेशनल फेमेलीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस