प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीको २९औँ वार्षिकोत्सब सम्पन्न
- गाउँ सहर संवाददाता
- ३ श्रावण मंगलबार, २०७९ | १५:०७:०० मा प्रकाशित

काठमाडाैँ । प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीले आफ्नो स्थापनाको २९औँ वर्ष गाठ भब्यताका साथ मनाएको छ । लाजिम्पाटमा अवस्थित भुमी रेष्टुरेण्टमा आयोजित उक्त वार्षिकोत्सब कार्यक्रममा विभिन्न युनिभर्सिटीका नेपाल प्रतिनिधि, अतिथि र प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीको विभिन्न ब्रान्च प्रतिनिधिहरूको बाक्लो उपस्थित रहेको थियो ।
प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गरेको र भविष्यमा पनि अझ स्तरीय सेवा प्रदान गर्न उपस्थित अतिथिहरूले शुभकामनासमेत व्यक्त गरेका थिए ।
शुभकामना ब्यक्त गर्ने क्रममा साउदर्न क्रस युनिभर्सिटीकी कन्ट्री मेनेजर नेपाल, भुटान, बङ्गलादेश, नर्थ एण्ड नर्थ इष्ट इन्डिया सुबी प्रधान, सोही युनिभर्सिटीका क्लाइन्ट सर्भिस नेपाल, भुटान, बङ्गलादेश फुर्बु तासी लामा, यु टी एस कलेजकी रीजनल पाट्नर मेनेजर, सब कन्टीनेट अपराजिता सिङ मल्ल, नभितास् की एरीया मेनेजर नेपाल, सृष्टि भट्टराई लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीको यो सफल यात्रामा साथ दिनुहुने अतिथि र प्रोफेशनल फेमेलीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
प्रतिकृया दिनुहोस