गाउँ सहर

श्रावणको व्रत, यस्ताे छ शिवको पूजा आराधनाको विशेष विधि

काठमाडौँ । श्रावणको महिना हिन्दु धर्मालम्बीको लागि विशेष छ किनकी श्रावण महिनामा भगवान शिवको पूजा आराधनाको विशेष विधि छ ।

साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

हिन्दुधर्मालम्वीहरुले महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा पशुपतिनाथ लगायतका मन्दिरहरुमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

श्रावणको सोमबारे व्रतको सर्वाधिक महत्व बताइएको छ । श्रावण भोलेनाथको प्रिय महिना हो । यो महिनामा बेल पत्रले भगवान भोलेनाथको पूजा गर्नु र जल चढाउँदा अत्यन्तै फलदायी हुने विश्वास छ । यहि भएर विशेष गरेर सोमबार व्रत र श्रावण स्नान गर्ने परम्परा छ ।

शिव पुराणको अनुसार जोकुनै व्यक्ति यो महिनाको सोमबार व्रत गर्दछन भगवान शिव उनको समस्त मनोकामना पूरा गर्दछन् । श्रावणको महिनामा लाखौँ श्रद्धालु ज्योर्तिलिङ्गको दर्शनको लागि नेपाल तथा भारतका धार्मिक स्थलहरुमा जाने गर्दछन् ।

श्रावणको महिना र प्रकृतिको गहिरो सम्बन्ध रहेको छ किनकी यो महिना वर्षा ऋतु पर्ने हुँदा धरतीमा झरीसँगै हराबरा हुने गर्दछ । ग्रीष्म ऋतु पश्चातको यो महिनामा पानी पर्दा मानव समुदायलाई धेरै राहत मिल्ने गर्दछ । यसको अलावा श्रावण महिनामा अन्य धेरै पर्वपनि मनाउने गरिन्छ ।

श्रावणको व्रत

  • श्रावणको यो पवित्र महिनामा भक्तहरुले तीन प्रकारका व्रत राख्ने गर्दछन् ।
  • श्रावण सोमबार व्रतः श्रावणको सोमबार बसिने व्रत नै सोमबारे व्रत हो । यो दिन भगवान शिवमा समर्पित हुनेछ ।
  • सोह्र सोमबार व्रतः श्रावण महिनामा सोह्र सोमबारको व्रत सुरु गर्नको लागि यो शुभ समय मानिन्छ ।
  • प्रदोष व्रतः श्रावणमा भगवान शिव एवं माता पार्वतीको आशिर्वाद प्राप्त गर्नको लागि प्रदोष व्रत प्रदोष कालसम्म राखिन्छ ।

व्रत र पूजाको विधि

  • प्रातः सूर्योदयभन्दा अघि उठ्नुहोस र शौच गरेर स्नान गर्नुहोस् ।
  • पूजा स्थललाई सफा गरेर वेद स्थापित गर्नुहोस् ।
  • शिव मन्दिरमा गएर भगवान शिवलिङ्गमा दूध चढाउनुहोस् ।
  • फेरी पूरै श्राद्धसँग महादेवको व्रतको संकल्प लिनुहोस् ।
  • दिनमा दुइपटक (विहान र साँझ) भगवान शिवको प्रार्थना गर्नुहोस् ।
  • पूजाको लागि तिलको तेल र दियो जलाउनु होस् । भगवान शिवलाई पुष्प अर्पण गर्नुहोस् ।
  • मन्त्रसहित शिवलाई सुपारी, पञ्च अमृत, नविल एवं बेलको पात चढाउनुहोस् ।
  • व्रतको समयमा श्रावण व्रत कथाको पाठ अवश्य गर्नुहोस् ।
  • पूजा समाप्त भएपछि प्रसाद बाँड्नुहोस् ।
  • सन्ध्याकालमा पूजा पश्चात व्रत खोल्नुहोस र सामान्य भोजन गर्नुहोस् ।

मन्त्र

श्रावणको समयमा ‘ओम नमः शिवाय’ जप गर्नुहोस् ।

श्रावणको महिना शिवजीमा समर्पित गर्नुहोस् । भनिन्छ कोही भक्त श्रावण महिनामा साँचो मन वा पूर्ण श्रद्धाको साथ महादेवको व्रत गर्दछन् उसलाई शिवको आर्शिवाद प्राप्त हुन्छ । विवाहित महिलाहरु आफ्नो वैवाशिक जीवनलाई सुखमय बनाउन वा अविवाहित महिलाहरु राम्रो वरको लागि श्रावणमा भगवान शिवको व्रत राख्ने गर्दछन् ।

ज्योतिषका अनुसार श्रावण महिनाको प्रारम्भमा सूर्य सिंह राशिमा प्रवेश गर्दछन् । सूर्यको यो गोचरले सबै १२ राशिलाई प्रभावित गर्दछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत