हिजाे नामिबियासँग हारेकाे नेपाल आज स्कटल्याण्डविरूद्ध जित निकाल्न चाहन्छ
- गाउँ सहर संवाददाता
- १ श्रावण आइतबार, २०७९ | ०७:३३:०० मा प्रकाशित
काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज आइतबार अन्तिम खेल खेल्दैछ ।
शनिबार नामिबियासँग ६३ रनले पराजित भएको नेपालले आज दिउँसो ३:४५ बजे घरेलु टोली स्कटल्याण्डको सामना गर्नेछ ।
घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । यस्तै नेपाल स्कटल्याण्डविरुद्ध लगातार दोस्रो भेटमा जित निकाल्न चाहन्छ ।
यस अघिको भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।
यता, स्कटल्याण्ड भने नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । स्कटल्याण्ड नेपाललाई हराएर सिरिजको सुखद अन्त्य समेत गर्न चाहन्छ ।
सिरिज अन्तर्गत नै नेपालले नामिबियासँग भने दुबै खेलमा हार व्यहोरेको छ । पहिलो खेलमा नेपाल नामिबियासँग ४० र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो ।
नेपालसँग पराजित स्कटल्याण्डले भने नामिबियालाई दुबै खेलमा हराएको छ ।
नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको छ । नेपालले १९ खेलमा १७ अंक जोडेको छ ।
स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ । स्कटल्याण्डले २३ खेलमा ३२ अंक जोडेको छ ।
नामिबियासँग ६३ रनले हार्यो नेपाल
हिजाे नामिबियाले दिएको २०० रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रन जोड्दा अलआउट भयो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै आसिफ शेखले ३४ रन जोड्दा आदील आलमले २० रन बनाए ।
रोहित पौडेलले १७ र पवन सर्राफ १० रनमा अविजित रहे ।
रोहित पौडेलले १७ र पवन सर्राफ १० रनमा अविजित रहे ।
आरिफ शेख ४ रनमा आउट हुँदा देव खनाल र सोमपाल कामीले १/१ रन जोडे ।
कुशल भुर्तेल, कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले खाता खोल्न सकेनन् ।
नामिबियाका बेर्नार्ड स्कोल्ट्जले ५ विकेट लिए । जान फ्राईलिंकले ३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनाएको थियो ।
नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे ।
जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९ रन बनाए ।
नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए ।
सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिदा बसिर अहमेदले १ विकेट लिए ।
यससँगै नेपाल जारी सिरिजमा नामिबियासँग लगातार दोस्रो खेलमा पराजित भएको छ । सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।
सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेलमा भोलि आइतबार स्कटल्याण्डविरुद्ध खेल्नेछ ।
सिरिजकै पहिलो भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।
नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा झरेको छ । नेपालले १९ खेलमा १७ अंक जोडेको छ ।
नामिबिया १८ खेलमा १८ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस