स्वास्थ्य

२०५ काेराेना संक्रमित थपिए, सक्रिय संक्रमितकाे संख्या १३ सय माथि

काठमाडाैँ । पछिल्लाे समय नेपालमा काेराेना संक्रमण ह्वात्तै बढेकाे छ । पछिल्लाे २४ घण्टामा ३ हजार ९० जनाकाे परीक्षण गर्दा २०५ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा ५१ जना डिस्चार्ज भएका छन् । साे अवधिमा कसैकाे पनि निधन भएकाे छैन ।

मन्त्रालयका अनुसार अहिलेसम्म काेराेनाबाट ११ हजार ९५२ जनाकाे मृत्यु भइसकेकाे छ ।

पछिल्लाे अवधिमा १ लाख ८२ हजार ९८९ जनाले खाेप लगाएका छन् ।

अब देशमा सक्रिय संक्रमित १ हजार ३८५ पुगकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता