राजनीति

महाशक्तिहरू दिल्ली, बेइजिङ र वासिङ्टनमा पानी पर्दा काठमाडाैंमा छाता ओढ्ने जमात खाेज्दै छन् : कमल थापा

काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संसदीय चुनाव नजिकिँदै गर्दा बाह्य शक्तिहरूकाे चलखेल बढेकाे बताएका छन्  । महाशक्तिहरू आ-आफ्ना अनुकूल 'कठपुतली' तयार गर्ने हाेडमा लागेकाे उनकाे आराेप छ । 

उनल शनिबार सामाजिक सञ्जालमा लेख्दै भनेका छन्-'संसदीय चुनाव नजिकिँदै गर्दा बाह्य शक्तिहरूकाे चलखेल बढेकाे छ । महाशक्तिहरू आ-आफ्ना अनुकूल 'कठपुतली' तयार गर्ने हाेडमा छन् । दिल्ली, बेइजिङ र वासिङ्टनमा पानी पर्दा काठमाडाैंमा छाता ओढ्ने जमात खाेज्दै छन् । राष्ट्रवादी शक्ति निरिह बन्ने खतरा छ । नेपाली जनता सचेत बनाैँ, अझै केही राष्ट्रवादी जिउँदै छन् ।'

गाउँ सहर संवाददाता