गाउँ सहर

जग्गा भाडामा लगाउने विवादास्पद सम्झौता खारेज

पाेखरा । पर्यटकीय बसपार्क, गल्फ कोर्स रहेको जग्गा र यातायात कार्यालय पछाडिको जग्गा भाडामा लगाउने विवादास्पद सम्झौता पोखरा उपत्यका नगरविकास समितिको १६९ औं बैठकले खारेज गरेको छ ।

छानविन समितिले बुझाएको प्रतिवेदनलाई आधार मान्दै समितिले यस सम्बन्धी थप अनुसन्धान गर्दै कारबाहीका लागि अख्तियार र नेपाल प्रहरीलाई अनुसन्धान गर्न सिफारिस गरेको छ ।

उपत्यका नगर विकास समितिका अध्यक्ष एवं महानगरका प्रमुख धनराज आचार्यसहित समितिका सदस्यहरु र छानविन समितिले बुझाएको प्रतिवेदनका साथै उपत्यका नगर विकास समितिको बैठकका निर्णय सार्वजनिक गरिएकाे थियाे ।

गाउँ सहर संवाददाता