सेप इभेन्टस् एन्ड मिडियाको चाैधाैं इन्डिया एजुकेसन करीयर फेयर २०२२ आयोजना हुँदै
- गाउँ सहर संवाददाता
- ३० असार बिहीबार, २०७९ | ०५:१४:०० मा प्रकाशित

काठमाडौं। आउँदो असार ३१ र ३२ गते शुक्रबार र शनिबारका दिन द एभरेस्ट होटल काठमाडौंमा सेप इभेन्टस् एन्ड मिडियाको चौधौं इन्डिया एजुकेसन करीयर फेयर २०२२ संचालन हुने भएको छ।
उक्त फेयरमा भारतका विभिन्न क्षेत्रका युनिभर्सिटी जस्तै यश आर एम ईन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी, एमिटी युनिभर्सिटी, सारदा युनिभर्सिटी, आ ई एम ईन्स्टिच्युट अफ ईन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, भि आई टी युनिभर्सिटी, जे आई यस युनिभर्सिटी, अमृता विश्व विध्यापिथम, थापर युनिभर्सिटी लगायत थुप्रै युनिभर्सिटीहरुको सहभागीता हुने लिडीङ् एजुकेसन फेयर आयोजक सेपका म्यानेजिङ डाइरेक्टर सन्जय थापाले बताए।
नेपालको काठमाडौं र बिराटनगर त्यसै गरि अन्य मुलुक वङलादेश, भुटान, म्यानमार ईन्डोनेसीया, र अफ्रिका कन्ट्री मा समेत गरी इन्डिया एजुकेसन फेयर सन्चालन गरिरहेको डेढ दसकको अनुभव डाइरेक्टर सन्जय थापाको अनुभव रहको छ। भारतको उत्कृष्ट कलेज युनिभर्सिटी र इन्स्टिच्युटलाई एकै छानामुनि राखी विद्यार्थी अभिभावकको सामु प्रस्तुत गर्दा आफू सन्तुष्ट रहेको डाइरेक्टर सन्जय थापा जानकारी गराउँछन्। शैक्षिक मेलाको आकर्षण विद्यार्थीलाई छात्रवृत्ति साथसाथै क्यु एफ एक्स हलको टिकट व्यवस्था गरिको छ। पछिल्लो समयमा विदेश अध्ययनका अन्य गन्तव्य भन्दा भारत भाषा, यात्रा, वातावरण र खर्चको हिसाबले किफायती र सहज बन्दै आएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस