प्रदेश प्रहरीलाई कमजोर पार्न खाेजिएकाे हाेइनः गृहमन्त्री खाँड
- गाउँ सहर संवाददाता
- २७ असार सोमबार, २०७९ | १३:०९:०० मा प्रकाशित
काठमाडौँ । काठमाडौँ उपत्यकामा रहेको संघीय राजधानीको सुरक्षा व्यवस्था नेपाल प्रहरीलाई दिएर प्रदेश प्रहरीलाई कमजोर पार्न खोज्नु नभएको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयकबारे प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफका क्रममा गृहमन्त्री खाँणले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर नेपाल प्रहरीलाई जिम्मेवारी दिन खोजिएको प्रस्ट पारे ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा गृहमन्त्री खाँणले काठमाडौं उपत्यकामा सुरक्षा चुनौतीको ख्याल गरेर त्यसको सामना गर्नका लागि नेपाल प्रहरीलाई जिम्मेवारी दिने कानुनी व्यवस्था गर्न खोजिएको प्रस्ट पारे । उनले भने, 'यो विधेयकमा प्रदेश प्रहरीलाई कमजोर पार्न खोजिएको होइन । नेपालको संघीय राजधानी काठमाडौं उपत्यकामा जुन खालका सुरक्षा चुनौती छन्‚ ती सुरक्षा चुनौतीको सामना गर्नका लागि नेपाल प्रहरीलाई नै जिम्मेवारी दिइयो भने त्यसले सहजतापूर्वक पूरा गर्न सक्छ भन्ने हाम्रो विश्वास हो ।'
काठमाडौं उपत्यकामा आन्तरिक र बाह्य सुरक्षा संवेदनशीलता रहेको भन्दै गृहमन्त्री खाँणले संघीय राजधानीको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीलाई दिन खोजिएको बताए ।
त्यस्तै, नेपालको भूमिका कुनै पनि विदेशी मुलुकविरुद्ध प्रयोग हुन नदिने पनि गृहमन्त्री खाँणले बताए । 'नेपालभित्र कुनै पनि मित्रराष्ट्रको खिलाफमा कुनै पनि अर्को शक्तिले अवान्छनीय गतिविधि नगरोस् भन्नेमा हाम्रो प्रतिबद्धता छ । नेपालको भूमिलाई नेपालविरुद्ध कुनै पनि मित्रराष्ट्रको खिलाफमा प्रयोग गर्न दिँदैनौं' उनले भने ।
नेपाल प्रहरीले त्यस्ता गतिविधि रोक्नका लागि स्रोत साधनको सीमिततताका बाबजुद लागिरहेको गृहमन्त्रीको भनाइ थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस