पाेखरा महानगरपालिकाकाे बजेट पारित
- गाउँ सहर संवाददाता
- २७ असार सोमबार, २०७९ | ०७:११:०० मा प्रकाशित

पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० काे ११औँ नगरसभामा पेश गरेको बजेट पारित भएको छ । असार १० गते पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले रु ८ अर्व ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट सभामा पेश गरेकी थिईन । सभामा पेश भएको बजेट आइतबारको बसेको नगरसभाले छलफलपछि सर्वसम्मतले पारित गरेको हो ।
महानगरका मेयर एवं सभाध्यक्ष धनराज आचार्यले बजेट पारितका लागि सभामा निणयार्थ पेश गरेका थिए। उक्त प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको हो । महानगरपालिकाले आगामी वर्ष चालू वर्षको भन्दा रु दुई अर्ब ३६ करोड ६५ लाख ५५ हजार बढी बजेट ल्याएको छ । चालू आवमा महानगरको बजेट रु छ अर्व ४१ करोड १० लाख थियो ।
नगसभाले पोखरा महानगरपालिका आकस्मिक कोष स्थापना तथा सञ्चालन ऐन २०७९, आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ सर्वसम्मत पारित गरेको छ ।
महानगरको आगामी बजेटका स्रोतहरुमा सङ्घीय सरकार अनुदान रु दुई अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदान ११ करोड २८ लाख, आन्तरिक आम्दानी रु तीन अर्व एक करोड रहेको रहेको छ ।यसैगरी सङ्घीय राजश्व बाँडफाँटबाट रु ३७ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँट रु एक करोड ४२ लाख ५२ हजार र न्यून हुन जाने रु दुई अर्व ४० करोड ८१ लाख बजेट चालू आवको अन्त्यमा बचत हुने मौज्दातबाट व्यहोरिने महानगरले जनाएको छ ।
बजेटमा पूर्वाधार विकासतर्फ रु चार अर्ब ५३ करोड ६२ लाख, नगर कार्यपालिका कार्यालयतर्फ रु एक अर्ब २५ करोड ८७ लाख, सामाजिक विकासमा रु दुई अर्ब छ करोड ९२ लाख, शिक्षामा रु एक अर्ब ४९ करोड ३६ लाख, स्वास्थ्यतर्फ रु ५० करोड पाँच लाख, कृषितर्फ रु १६ करोड ७३ लाख ६५ हजार र वडा कार्यालयतर्फ रु ७२ करोड ६० लाख छुट्टाइएको छ ।
पोखरा महानगरको लेखा समिति र विधायन समिति पनि गठन भएको छ । लेखासमितिको संयोजकमा झपटबहादुर रानाभाट र सदस्यमा विष्णुमणि बराल, बलराम पौडेल, रामजी पौडेल र दुर्गा थापा सदस्यमा चयन भए ।
विधायन समिति संयोजकमा पुष्पेन्द्र पाण्डे तथा सदस्यमा राममोहन आचार्य, प्रेमप्रसाद कर्माचार्य, निर्मल दियाली र गंगाबहादुर खत्री चयन भएका छन् । दुवै समितिका संयोजक र सदस्यहरुको नाम सभामा पोखरा महानगरका मेयर धनराज आचार्यले प्रस्ताव गरेक ा हुन। मेयर आचार्यले गरेको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एसीसी यू–१९ एसिया कपमा आज नेपाली युवा टिमले पाकिस्तानविरुद्ध खेल्दै
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ
- बाला चतुर्दशीमा पशुपतिमा आफैं उपस्थित भई बत्ती बाल्न नसक्नेहरुका लागि कोषले शुल्क लिएर बालिदिने व्यवस्था
- एनसेलको सेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश
- एनसेल प्रकरणमा समिति बन्यो ठिक हुन्छ भन्ने अवस्था छैन, सशक्त खबरदारी आवश्यक छ : थापा
- ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त
- प्राइम कमर्सियल बैंक कर्मचारी संघको अधिवेशन तथा निर्वाचन सम्पन्न
- साताको कारोबारको अन्तिम दिन आज नेप्से दोहोरो अंकले बढेर बन्द
- एनसेलबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन, ३० दिनको कार्यादेश
- पहाडी क्षेत्रमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु लाग्ने
प्रतिकृया दिनुहोस