प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा मंगलबार हुँदै
- गाउँ सहर संवाददाता
- २६ असार आइतबार, २०७९ | १९:४६:०० मा प्रकाशित

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा मंगलवार गर्ने भएको छ । विशेष साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा दिउँसो ११ बजे शुरु गर्ने जानकारी दिएको हो ।
सभाले यस कम्पनीले भविष्यमा कुनै निर्र्जीवन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने, चलअचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले असार २० गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असार १९ गते सम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस