प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा मंगलबार हुँदै
- गाउँ सहर संवाददाता
- २६ असार आइतबार, २०७९ | १९:४६:०० मा प्रकाशित
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा मंगलवार गर्ने भएको छ । विशेष साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा दिउँसो ११ बजे शुरु गर्ने जानकारी दिएको हो ।
सभाले यस कम्पनीले भविष्यमा कुनै निर्र्जीवन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने, चलअचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले असार २० गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असार १९ गते सम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
प्रतिकृया दिनुहोस