नेपालमा कुल उद्योगको संख्या ६० हजार नाघेपनि विदेशिनेकाे संख्या राेक्न सकेनन्
- गाउँ सहर संवाददाता
- २५ असार शनिबार, २०७९ | ०७:३४:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कुल उद्योगको संख्या ६० हजार नाघेको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६’ अनुसार उद्योग संख्या ६० हजार १ सय ८५ पुगेको हो । २०७५/०७६ लाई आधार मानेर तथ्यांक संकलन गरिएको विभागले जनाएको छ ।
औद्योगिक क्षेत्रमा ५६ हजार ६ सय ११ उद्योग स्थापना भएको विभागको तथ्यांक छ । यसैगरी खानी तथा उत्खनन क्षेत्रमा ३ सय ५६, विद्युत्, ग्यास बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ९ सय ९४ र पानीको आपूर्ति ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापको क्षेत्रमा २ हजार २ सय २४ उद्योग सञ्चालनमा छन् ।
चारवटै औद्योगिक प्रतिष्ठानको लागत ८ खर्ब ४६ अर्ब ६६ करोड रहेको जनाइएको छ । यी उद्योगले १२ खर्ब १ अर्ब १७ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा उत्पादन गरेको देखिन्छ । यी वस्तु तथा सेवाले नेपालको अर्थतन्त्रमा ३ खर्ब ५४ अर्ब ५१ करोड रुपैयाँको भ्यालु एड गरेको उल्लेख छ । कुल उद्योगको स्थायी सम्पत्ति ६ खर्ब १९ अर्ब ५१ करोड रुपैयाँ छ ।
यी ४ प्रकारका औद्योगिक प्रतिष्ठानमा ४ लाख ९१ हजार २ सय २७ व्यक्ति संलग्न छन् । यिनले ३ लाख ८१ हजार ६ सय ८७ जनालाई रोजगारी दिइरहेका छन् । औद्योगिक उत्पादनशील क्षेत्रले ३ लाख ४६ हजार १ सय ४३ जनालाई रोजगारी दिइरहेको विभागको तथ्यांकमा उल्लेख छ ।
सर्वेक्षणका अनुसार उल्लेखित उद्योगले वार्षिक तलबमार्फत १ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी गर्दै आइरहेका छन् । औद्योगिक प्रतिष्ठानमध्ये ७६ प्रतिशत उद्योग २ सय ७० दिन, १९ प्रतिशत १८०–२६९ दिन, ४ प्रतिशत ९०–१७९ दिन र १ प्रतिशत उद्योग ९० भन्दा कम दिन सञ्चालन भएका छन् ।
पूर्ण उत्पादन क्षमताको २५ देखि ९९ प्रतिशतसम्म सञ्चालन भएका छन् । पूर्ण क्षमतामा नचल्नुमा ४६ प्रतिशत बजार वा मागको कमी, १० प्रतिशत कच्चा पदार्थको अपर्याप्तता, ८ प्रतिशत स्रोतको कमी र ८ प्रतिशत सीपमूलक कामदारको अभाव कारण चल्न नसकेको देखिएको छ । यी उद्योगमा एक दिनमा १८ घण्टाभन्दा बढी काम गर्ने उद्योगको संख्या १ प्रतिशत छ । ६ देखि ११ घण्टा दैनिक काम गर्ने उद्योगको संख्या ७७ प्रतिशत छ ।
३४ प्रतिशतले मात्र वित्तीय संस्थासँग ऋण लिएको देखिन्छ । १ प्रतिशतले ऋणको प्रतिबद्धता प्राप्त गरेका छन् । यस्तै ५ प्रतिशत साना उद्योग ऋणको प्रक्रियामा छन् । ६० प्रतिशत साना उद्योग ऋण लिने प्रक्रियामा नरहेको विभागको तथ्यांक छ ।
राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
प्रतिकृया दिनुहोस