साप्ताहिक कृषि-मौसम, साताभरि नै देशभर आँशिक देखि सामान्य बदली र वर्षा
- गाउँ सहर संवाददाता
- २४ असार शुक्रबार, २०७९ | १६:१८:०० मा प्रकाशित
काठमाडाैँ । आगामी साताको साप्ताहिक कृषि-मौसम जल तथा माैसम विभागले सार्वजनिक गरेकाे छ । उसका अनुसार साताभरि नै देशभर आँशिक देखि सामान्य बदली रहने सम्भावना रहेको छ ।
उसले भनेकाे छ, "साताको शुरूमा देशको हिमाली, पहाडी र तराईका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको पनि सम्भावना रहेको र साताको मध्य तथा अन्त्यमा देशका हिमाली, पहाडी र तराईका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।"
हिमाली भू-भागको अधिकतम तापक्रम तथा न्युनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने तथा पहाडी र तराई भू-भागको अधिकतम तापक्रम तथा न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको उसले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस