वातावरण

साप्ताहिक कृषि-मौसम पूर्वानुमानः हिमालमा हिमपात, पहाडमा मध्यम र तराईमा हल्का वर्षा

तस्बिरः सामाजिक सञ्जाल ।

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार आगामी  साताको हिमाली भू-भागहरूमा साताको शुरु र मध्यमा हल्का हिमपातको सम्भावना रहेकाे छ ।

यस्तै पहाडी भू-भागहरूमा साताको शुरु र मध्यमा हल्का वर्षा हुने र तराई भू-भागमा साताको शुरुमा आंशिक बदली रहे पहि साताको मध्य र अन्त्यमा सामान्यतया सफा देखि आंशिक बदली रहने सम्भावना रहेकाे छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका तराई भू-भागमा साताको शुरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका अधिकांश भू-भागहरुमा अधिकतम तापक्रम तथा न्युनतम तापक्रम हल्का घट्ने सम्भावना देखिन्छ ।

प्रदेश १: आगामी साताको मौसम

प्रदेश २: आगामी साताको मौसम

बागमती  प्रदेश: आगामी साताको मौसम

गण्डकी  प्रदेश: आगामी  साताको मौसम

लुम्बिनी प्रदेश : आगामी साताको मौसम

कर्णाली  प्रदेश  : आगामी साताको मौसम

सुदूरपश्चिम प्रदेश : आगामी साताको मौसम

 

 

गाउँ सहर संवाददाता