गुप्तेश्वर क्याम्पस पोखरामा दुईदिने अनुसन्धानात्मक सम्मेलन
- गाउँ सहर संवाददाता
- २० असार सोमबार, २०७९ | २०:४४:०० मा प्रकाशित
पोखरा । पोखरा, छोरेपाटनस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा दुई दिने व्यवस्थापनमा उदीयमान सवालहरू शीर्षकको राष्ट्रियस्तरीय अनुसन्धानात्मक सेमिनार सम्पन्न भएको छ ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखराका अनुसन्धान व्यवस्थापन समिति प्रमुख एवं सहायक क्याम्पस प्रमुख मोहन भण्डारीको सभापतित्व र पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमनारायण अर्यालको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको सो कार्यक्रम गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा निहित अनुसन्धान व्यवस्थापन समिति र पोखरा विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टको सहकार्यमा सम्पन्न भएको हो ।
विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा सञ्चालित सो कार्यक्रममा बीसभन्दा बढी अनुसन्धाताका कार्यपत्रहरू प्रस्तुत भएका थिए । उद्घाटन सत्र, कार्यपत्र प्रस्तुतीकरण सत्र र समापन सत्र गरी तीन चरणमा सञ्चालन गरिएको सो कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा. केशरजंग बरालले कार्यक्रमको उपादेयता र महत्त्वमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले विश्वविद्यालय तहमा अनुसन्धान देश, समाज तथा समग्र शैक्षिक परिपाटीका लागि मार्गदर्शक बन्ने कुरा बताए ।
उक्त कार्यक्रममा विषय विज्ञका रूपमा प्रा. डा. लेखनाथ भट्टराई, प्रा. डा. टंकराज अधिकारी, डा. हरि पाठक, देवराज शर्माले कार्यक्रममा प्रस्तुत भएका अनुसन्धानात्मक प्रतिवेदनमाथि गहन टिप्पणी तथा सुझाव समेत राखेका थिए । कार्यक्रममा धर्मराज बराल, मोहन भण्डारी, लालमणि पोख्रेल, राजकुमार सुवेदी, दुर्गानाथ पौडेल, सुरेन्द्र कार्की, जमुना अर्याल, सन्तोष भण्डारी, प्रकाशचन्द्र गिरी, विवेक कर्माचार्य, महेश्वर ढकाल, सञ्जय पौडेल, संगीता सिग्देल, युवराज सुवेदी, सागर सुवेदी, मनिषा रानाभाट, सन्तोषी सुनार, आशीष पौडेल, सिर्जना बराल आदिका व्यवस्थापन तथा अन्य विविध विषय क्षेत्रका कार्यपत्रहरू पेश भएका थिए ।
क्याम्पसको एमबीबीएस, बीबीएस्, बीएड् र क्याम्पस बाहिरका छनौट गरिएका अनुसन्धानमा विशेष रूचि राख्ने अनुसन्धाता, विद्यार्थी तथा अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको सो कार्यक्रममा पेश भएका कार्यपत्रहरूलाई समेटेर क्याम्पसले आफ्नो अनुसन्धानमूलक जर्नलको विशेष अंक प्रकाशन गर्ने कुरा क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा. डा. टंकराज अधिकारीले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस