यी हुन् बन्द प्रशिक्षणमा रहेका ३० खेलाडी
- गाउँ सहर संवाददाता
- १९ असार आइतबार, २०७९ | १५:०९:०० मा प्रकाशित
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबारदेखि बन्द प्रशिक्षणमा ३० खेलाडीलाई राखेकाे जनाएकाे छ ।
नेपाली यू-२० राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिएपछि ३० खेलाडीलाई प्रशिक्षणमा राखेको एन्फाले जनाएको हाे ।
बन्द प्रशिक्षणमा रहेका ४१ खेलाडीबाट ११ खेलाडी बाहिरिएका छन् ।
मुख्य प्रशिक्षक मेघराज केसीका अनुसार साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० एसियन कप छनोटका एन्फाले ४१ खेलाडी प्रशिक्षणमा बोलाएकाे थियो ।
साफ यू-२० च्याम्पियनसिप भारतमा आयोजना हुँदैछ । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।
त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ ।
शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ । त्यस्तै एएफसी यू-२० छनोटमा नेपाल समूह 'बी' मा परेको छ । नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगालादेश रहेको छ ।
यस समूहको छनोट खेल बहराइनमा हुनेछ । समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ । नेपालले भुटानसँग सेप्टेम्बर १० मा खेल्दा १२ सेप्टेम्बरमा कतारसँग खेल्नेछ । नेपालले बहराइनसँग सेप्टेम्बर १४ र बंगलादेशसँग अन्तिम खेल सेप्टेम्बर १८ मा खेल्नेछ । समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।
यी हुन् बन्द प्रशिक्षणमा रहेका खेलाडी :
गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख
डिफेन्डरः सौरभ कार्की, अकिब हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सृजन धानी, रोशन थापा, राज थोकर
मिडफिल्डर : अभिषेक वाइबा, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, प्रीतम स्याङ्तान, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्डः दिपेश राई, निरञ्जन मल्ल, रोहित सुब्बा, रोहन खड्गी
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस