वातावरण

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा

काठमाडाैँ । आज २०७९ असार १९ गते (आइतबार), जल तथा माैसम विभागका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

गाउँ सहर संवाददाता