गाउँ सहर
सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटे लगायत धेरै स्थानमा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन अनुरोध
- गाउँ सहर संवाददाता
- १८ असार शनिबार, २०७९ | ०७:०६:०० मा प्रकाशित

काठमाडाैँ । असार १८ विहान ५ बजे नेपाल बाढी सूचनाका अनुसार सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको छ । मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह १.५ मिटरले बढेको रहेको छ । मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम भएकाले उच्च सतर्कता अपनान बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
यस्तै झापाको शनिश्चरे,चन्द्रगढी लगायत इलाम, झापाको सीमा आसपास केही स्थानहरूमा भारी वर्षा भएको छ । मेची, विरिङ, निन्दा, अदुवाखोला लगायत साना खोलामा बाढीको जोखिम भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस