गाउँ सहर

काठमाडौंको धापासीमा कारकाे ठक्करबाट बालकको निधन

काठमाडाैं । कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । काठमाडौंको धापासीमा मंगलबार बेलुकी कारकाे ठक्करबाट बालकको मृत्यु भएको हाे ।  मृत्यु हुनेमा स्थानीय तीन बर्षीय श्रीयन पाण्डे रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।  कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा राती साढे ९ बजे धापासी स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकमा खेल्दै गरेका उनलाई हिजो बेलुकी ८ :१५ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिएको थियो ।  कारसहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत