ब्लग

सेयरमा राजनीतिक दलहरुको आरोप–प्रत्यारोप, अब के हुन्छ ?

  • अनुसा थापा
  • १० असार शुक्रबार, २०७९ | १०:०२:०० मा प्रकाशित

नेपालको अर्थतन्त्र धरासायी बनिसकेको छ भनेर सर्वत्र चर्चा चलेको छ । हरेक नागरिकले नेपाल पनि श्रीलंकाजस्तै हुन्छ भनेर अनुमान लगाउन थालिसकेका छन् । अस्ति नेपाल राष्ट्र बैंकमा गर्भनर महाप्रसाद अधिकारीले नै यसलाई पुष्टि गरेका हुन् । विदेशी मुद्राको सञ्चिति घट्दै गएको र थप विदेशी मुद्रा नभित्रिएकाले अर्थतन्त्रमा चाप परेको उनको भनाइ छ । यता, एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि पटकपटक नेपालको अर्थतन्त्र टाँट पल्टिसकेको बताउँदै आएका छन् । श्रीलंकाभन्दा नाजुक अवस्थामा हामी आइपुगेको उनी बताउछन् । एमालेका सांसद्हरुले पनि नेपालको अर्थतन्त्र डुबिसक्यो, रक्ताम्मे भनिसक्यो भनेर सदनमा कुरा उठाउँदै आएका छन् । डा. युवराज खतिवडाले पनि बारम्बार अर्थतन्त्रमा क्षति पुगेको दाबी गर्दै आएका छन् । अर्थविदहरुको पनि चुरोकुरो यही नै छ ।

उद्योग व्यवसायी महासंघका अध्यक्ष शेखर गोल्छाले विगत चार दशकको अवधिमा नेपाल खराब अवस्थामा गुज्रिरहेको भनेका छन् । श्रीलंकाकै स्थितिमा पुग्न छिन पनि नलाग्ने उनको भनाइ छ । तर, नेपालको अर्थतन्त्र कसरी टाँट पल्टियो ? सबैले श्रीलंकाकै हालतमा नेपाल देख्नुको कारण के हो ? कोरोनाका कारण उसैपनि विदेशी मुद्रा आउन ठप्प भएको छ । उता, विदेशी ऋण प्रतिदिन बढ्दो छ । वित्तीय संस्थामा तरलता झनै बढिरहेको छ । घर–जग्गा र गाडी खरिदबिक्री पनि रोकिएको छ । सेयर लगानीकर्ताहरु सबै सडकमा छन् । सरकार जनतालाई त्रसित पार्न अघि सरेको छ । राष्ट्र बैंकको गर्भनरले नेपालको अर्थतन्त्र संकटमा पर्यो भनेपछि सबै चिन्ताले पिरोलिरहेका छन् । यतिखेर सबैले कि त उनले पार्टीको दबाबमा आएर यसो भनेको हुनुपर्छ । कि त नेपालको अर्थतन्त्र साँच्नै नै धरासायीमा परेको छ भनेर अनुमान लगाउन थालिसकेका छन् ।

उनले यत्रो थम्भीर विषय उठाउँदा पनि सरकार छानबिनमा अघि बढ्दैन ? अर्थतन्त्र डुबेकै हो भने सरकार बचाउनतिर लाग्नुपर्यो । होइन् भने उनलाई कारबाही गर्नपर्यो । वास्तविकता के हो ? खोजतलास त हुनुपर्यो । गर्भनरले यति सुइको मात्र दिनेबित्तिकै बैंक र सहकारीको अगाडि पैसा निकाल्नेको लाइन लागेको छ । डिपोजिट राख्ने कोही छैनन्, पैसा निकाल्ने मात्र भेटिन्छन् । जसरी हुन्छ आफ्नो रकम संरक्षण गर्नतिर जनता लागिपरेका छन् । आफ्नो लगानी डुबेर सेयर लगानीकर्ताहरु अनशन बसेका छन् । दुई हजार कित्ता पर्ने सेयर एक सय रुपैंयामा बेच्छु भन्दा पनि कसैले किन्दैनन् । महँगीले आकाश छोइसकेको छ । नेपाल आयल निगमले हात उठाइसकेको छ । अब यसको जवाफ कसले दिने ? अर्थमन्त्री जनार्दन शर्माको यसको सत्यतथ्य जवाफ दिने हो कि ।

एमालेले हल्ला मात्र फिजाएको रहेछ भने उनलाई कारबाही हुनुपर्यो । केपी शर्मा ओलीलाई पनि ठिक ठाउँमा ल्याउनुपर्यो । अर्थतन्त्र डुब्यो भनेर कराउँदाकराउँदै यो सत्य साबित हुन बेर लाग्दैन् । यति सुनेपछि विदेशीले नेपाललाई ऋण पनि दिँदैन । आम नागरिकले एक सुको पनि बैंकमा लगेर बचत गर्दैनन् । पर्दाभित्र बसेर एमालेले देश सकाउन पाइला बढाइरहेको छ । सरकारको कारणले सेयर लगानीकर्ताहरु सिद्धिए भनेर एमालेका सांसद्हरु सदनमा उभिएर बोल्छन् । यता, एमालेकै निर्देशनमा सेयर लगानीकर्ताहरु सडकमा उत्रिएको बुझिएको छ । अनशन पनि एमालेले भनेपछि बसेका हुन् । यो सबै एमालेको नाटकी खेल हो । आफूले सत्ता नपाइपछि अर्कोको खुट्टा तान्न गरेको जालझेल हो । सेयरमा लगानी गर्ने अधिकांश एमालेका कार्यकर्ता हुन् । एमालेकै कारणले सेयर लगानीकर्ता डुबेका हुन् । सेयरको मूल्य घट्नेबित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री शर्माले राजनिामा दिन्छन् भन्ने रणनीति एमालेले बनाएको थियो ।

सरकारलाई असफल बनाउँछु भनेर बुनेको जालमा आफैँ फस्यो एमाले । आखिरी न प्रधानमन्त्री देउवाले राजीनामा दिए न अर्थमन्त्रीले । बरु, सेयर लगानीकर्ताहरु सडकपति बने । सेयरमा पनि राजनीति छिरेको छ । सेयर धितो राखेर कर्जा दिने वित्तीय संस्था पनि कहीँकतैको रहेन् । बेच्ने यत्तिकै छन् किन्न कोही छैन् । अहिले सेयर लिऔं पछि पैसा देऔं भन्दा पनि कसैले किन्न चाहँदैनन् । तर, सेयर कुन पार्टीको कारण सेयर डुब्यो ? नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपीतिर औला तेस्य्राउँछन् । केपीले पुष्पकमलको कारण सेयर लगानीकर्ता डुबेको आरोप लगाएका छन् । सेयर लगानीकर्ताले माओवादीलाई चन्दा नदिएकाले यसको विरोधमा पुष्पकमल दाहाल बोलेको केपीको दाबी छ । यी दुई बिचको हानाथापले डुब्नेचाहि अरु बनिदिए । सेयरलाई निशाना बनाई राजनीति गर्नका निम्ति अनशन बसेकालाई भेट्न पुगेका थिए, काठमाडौंका मेयर बालेन्द्र शाह र विवादित व्यक्ति रवि लामिछाने । सेयरमा लगानी गर्न सरकारले जबरजस्ती गरेको थियो र ? उनीहरुलाई भेट्न जान ।

एमालेको मात्र लगानी छ र सेयरमा ? नेपाली कांग्रेस, माओवादीलगायत अन्य पार्टीका कार्यकर्ताले पनि लगानी गरेका छन् । साधारण जनताको पनि लगानी होला ? अनि एमाले पनि अनशनमा आउनुको कारण के ? अनशन बस्नु नै गलत भएको जनताहरु बताउँछन । व्यापार गर्नुपर्ने ठाँउमा राजनीति छि-याे भने यतिसम्म नाजुक स्थिति बन्दो रहेछ भनेर प्रष्ट भएको छ । एमालेको झोला बोकेर अनशन बस्न जानु लज्जास्पद छ । सरकारको कारणले होइन्, अनशन र आन्दोलनले गर्दा उनीहरुको सडकको बास बनेको हो । आफ्नो खुट्टामा आफैले बञ्चरो हान्ने काम उनीहरुले गरे । सेयरमा लगानी गर्नु वालुवामा पानीहालेसरह बन्यो । राजनीतिक दलहरुको आरोप–प्रत्यारोपले पनि उनीहरुको उठीबास भयो । लगानीकर्ता सिद्धिएसंगै वित्तीय संस्थाको अस्तित्व रहँदैन । व्याजका लागि आँखा चिम्लेर डिपोजिटको रकम पनि फिर्ता नआउने भो । सरकारले सेयर किनबेचमा प्रतिबन्ध लगाएको छैन् ।

जसको कारण सिधासाधी जनताहरु फसिरहेका छन् । सेयर दलालीहरुले सेयरको मूल्य बढ्छ भनेर उनीहरुलाई फसाइरहेका छन् । अन्धाधुन्ध भएर उनीहरुले सेयरमा लगानी गरिरहेका छन् । डुब्ने/डुबाउने क्रम अझै जारी छ । सेयरमा लगानी गर्नेहरु कति भागिसकेका छन् । कतिपय तयारी गर्दै छन् । अब सेयरको मूल्य कसरी बढ्छ ? हिजो बैंकले एक सय रुपैयाँमा निकास गरेको सेयर चार हजारमा बेचेर ठग्न पल्केकाहरुको सडकको वास हुनु स्वाभाविकै हो । अझैपनि ठग्न सक्छु कि भनेर अनशन बस्नु जनता र राज्यको लागि नौलो कुरा होइन् । जनतामा ज्ञान नहुँदा सेयरमा ठगीधन्दा मौलाएको थियो । तर, सञ्चारमाध्यमले छ्याप्छ्याप्ती सेयरमा यस्तो विकृति छ भनेर बाहिर ल्याइपछि जनतामा चेतना आयो । कसलाई सडकमा रात काट्न मनलाग्छ र ? सय रुपैंयाको सेयर हजारमा खरिद गर्नु भनेको जतिखेर पनि डुब्नु हो भनेर जनताले बुझे । जसको कारण यसको खरिदबिक्री निरन्तर ओरोलो लागेको हो । दलालीहरुले आफ्नो हिसाबले सेयरको मूल्य घटबढ गर्दै आएका थिए । तर, अब कसले किन्ने ?

ठूल्ठूला व्यापारीहरु भाग्नुपर्ने अवस्था बन्यो । यसमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका छ । राजनीति पार्टीको आडमा सेयरको मूल्य बढाँउछु । अनशन बसेर सिधासाधी जनता ठग्छु भन्ने सपना कसैको पूरा नहोला । किन कि जनताहरु धेरै चेतनशील बनिसकेका छन् । नाफा भइरहेको छ भनेर झुठो विवरण सार्वजनिक गर्ने बैंक र सहकारीको दर्ता खारेज गरिदिनुपर्छ । नाफाको प्रलोभन देखाएर जनताको पैसा जोखिममा लगानी गर्ने वित्तीय संस्थालाई कानुनको दायरामा ल्याउनुपर्छ । सेयरमा ५२ लाख जनाको लगानी छ । यत्रो व्यक्ति फस्नुमा वित्तीय संस्थाको ठूलो हात छ । बैंकले नाफा हुन्छ भनेर भकाभक कर्जा दियो । जसको परिणाम आज सबैले भोग्दै छ । तर, यसमा सरकारको अलिकति पनि दोष छैन् । सय रुपैयाँको सेयर तीन हजारमा किन्न सरकारले त अवश्य पनि भनेको थिएन । हिजो आफू नाफा कमाउन मनलाग्दी लगानी गर्ने यिनीहरु नै होइन् ? सय रुपैयाँको सामान कसले तीन हजार हालेर किन्छ ? आफूले गल्ती गरेपछि भोग्न पनि आफैँले पर्छ । सरकारलाई दोषी बनाएर, अनशन बसेर, धाकधम्की देखाएर केही पनि हात लाग्दैन । डुब्ने डुबिसके अब फर्केर आउँदैन् ।

चाहे राजनीतिक परिवर्तन होस्, चाहे बजार उथुलपुथुल पार्ने होस् जनताको ठूलो हात हुन्छ । पर्दाभित्र बसेर ठग्ने र धमिलो पानीमा माछा मार्ने जनता शिक्षित नहुनुञ्जेल मात्र हो । अब जनतासंग कसैले पनि सक्दैन् । एक कित्ता सेयर दश रुपैयाँमा पनि कसैले किन्दैन । आन्दोलन र अनशनले कसैलाई फरक पर्नेवाला छैन् । यस्तै हाे भने अब सेयरमा कसैले पनि लगानी गर्दैनन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत