ब्लग

सहुलियत रुपमा पानी त खुवाउन नसक्नेले के मुलुकको विकास गर्लान् ?

वर्षौंदेखि राजधानी काठमाडौंमा खानेपानीको हाहाकार छ । सबैभन्दा बढी जनसंख्या पनि राजधानीमै छ, ७७ वटै जिल्लाका सर्वसाधारणहरु पनि यही कोठाभाडामा लिएर बस्छन् । विदेशी पाहुनाहरु घुम्न आउँदा राजधानीमै बस्न रुचाउँछन् । तर, जनसंख्याको अनुपातमा यहाँ पानी आउँदैन ।

बढ्दो सहरीकरणले पानीको मुल सबै सुकिसकेका छन् भने धारामा थोपो पानी आउँदैन । फेरि पानी नभई जीवन पनि चल्दैन् । खान पकाउन, लुगा धुन, नुहाउन, सरसफाइ गर्न र पिउनको लागि पानी नै चाहिन्छ । पानीको अभावमा सानो आवश्यकताको काम पनि पुरा गर्न सकिँदैन ।

पानीको यति महत्व छ कि जन्मेदेखि मरुञ्जेलसम्म यसको आवश्यकत पर्छ । काठमाडौंमा पछिल्लो समय घरचाहिँ प्रशस्तै छन् तर पानी छैन । घरधनीहरुले कोठाबहालमा लगाउँछन् तर पानी दिन हिचकिचाउँछन् । पानी नदिएपनि यसको शुल्कचाहिँ महिनैपिच्छे असुल्छन् । उपत्यकाभित्र भएका सार्वजनिक ढुंगेधारा, कुवाहरु पनि मासिसकेको छ ।

अव्यवस्थित सहरीकरणले पानीको मुल सुक्दै गएको छ भने ढुंगेधारा, कुवाको नामोनिशान छैन । जमिन भित्रबाट मुल फुटेर आउने पानीको स्रोत पनि बन्दभइसकेको छ । किन कि त्यसलाई दोहन गरेर त्यसकै माथिबाट घर बनाइएको छ । सरकारले मेलम्चीको पानी काठमाडौंको घरघरमा ल्याउँछु भनेको पनि धेरै बितिसक्यो ।

केही दिनको लागि मेलम्चीको पानी काठमाडौंबासीको धारामा आएको थियो तर बाढीले मुहान नै फुटाउँदा त्यो पनि बन्द भयो । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैतभित्र मेलम्चीको पानी काठमाडौंको धारामा ल्याउँछु भनेर दाबी गरेका छन् । तर, बगाएको मेलम्चीको मुहानको मर्मत गर्न सरकारले सुरु गरेको छैन ।

सरकारले मेलम्चीको पानी काठमाडौं ल्याएपछि पानी व्यापार गर्ने मिनिरल वाटर कम्पनी र जार कम्पनीमा निराशा छाएको थियो । यता, जमिनभित्रको पानी बोर्डिङ गरेर ल्याउने ट्याकंरहरु पनि आफ्नो व्यवसायी सिद्धिने चिन्तामा थिए । खानयोग्य नभएको पानी पनि खानलायक छ भन्दै ट्याकंरहरुले महँगो शुल्क लिएर बिक्री वितरण गरिरहेका थिए ।

ट्याकंरले एक ट्याङकी पानीको न्युनतम शुल्क तीनदेखि पाँच हजार लिने गरेको पाइन्छ । प्रशोधन नगरिएको पानीलाई प्रशोधित भन्दै ट्याकंर व्यवसायीले आम नागरिकको स्वास्थ्य माथि खेलबाड गरिरहेको छन् । घरधनीले यता पानीको पैसा पनि लिन्छन् । उता, ट्याकंरबाट ल्याएको पानी किनेको पैसा पनि त्यही बहालवालासंग असुल्छन् ।

पैसाचाहिँ बराबर तिरेपनि बहालमा बस्नेले बाल्टिनले नापेर पानी पाउँछन् । घरधनीले चाहिँ आफूले मनलाग्दी पानी चलाउँछन् । कोठाबहालमा लिएर बसेपछि पानी त्यतिकै पाउनुपर्ने हो । त्यतिकै त पाइएन भनेर चित्त बुझाएका बहालवालाले पैसा तिरेर पनि बाल्टिनमा नापेर पानी पाउँछन् ।

घरधनीले भनेजति रकम तिरेर कोठाबहालमा लिएर बस्नुपर्ने बाध्यता छ । एउटा खाट नअट्ने कोठाको सातदेखि दश हजारसम्म तिर्नुपरेको छ । बत्ती, फोहोर र पानीको छुट्टै शुल्क । घरधनीले महिनैपिच्छे भाडा लिन्छन् बिल दिँदैनन् । महिना सिद्धिनुभन्दा अगाडि भाडा माग्छन् ।

कोठा छोडेर जाने बेला रंग लगाइदिनुपर्छ । कोठाबहाल पनि वर्षैपिच्छे आफ्नो मनलाग्दी हिसाबले भाडा बढाउँछन् । घरधनीलाई खानेपानीको रकम तिरेपनि जारको पानी नकिनि सुख छैन् । एकजार पानीको ६० रुपैयाँसम्म तिर्नुपरेको छ । पसलैपिच्छे जारको पानीको रेट फरकफरक छ ।

एकजार पानीले एक जनालाई नुहाउन त परै जाओस् शौचालय जान पनि पुग्दैन् । खान पकाउन, भाडा धुन, लुगाधुन पनि जारकै पानी किनेर चलाउन पर्दा मासिक दुःख गरेर आएको रकम त पानी किन्दै सिद्धिने भो । आठदश हजारले पानी किन्न नपुग्ने भइसक्यो । कोठाबहाल कसरी तिर्ने, रासन चाहियो, बालबच्चा पढाउनैपप्यो यो कसरी धान्ने ?

पानी नहुनुको पीडा काठमाडौंमा कोठाबहालमा लिएर बस्नेलाई मात्र थाहा छ । कोठाबहाल बढ्छ, खानेकुराको मुल्य दैनिक उकालो लाग्छ तर तलब बढ्दैन । यता, पानीको शुल्क छुट्टै छ । काठमाडौंमा पानीको हाहाकार यति छ कि बाटो हिँड्नेलाई एक ग्लास पानी पनि दिँदैनन् ।

पैसा नहुने पानी पनि पिउन नपाउने दिन आइसकेको छ । घरबहालमा लिएर पैसा लिन घरधनीलाई सहज छ । तर, पानी दिन भनेपछि उनीहरुलाई निकै असहज हुन्छ । यो घरधनीले बहालमा बस्नेमाथि गरेको अपराध होइन् ? बुढापाकाले बाटोमा हिँड्नेलाई पानी खान दियो भने धर्म हुन्छ भन्थे र दिन्थे पनि ।

पछिल्लो समय पानीलाई व्यापार बनाइयो । पानी पनि खरिदबिक्री हुन थाल्यो । पानी व्यापार गर्ने माफियाहरुले केमिकलयुक्त, धमिलो पानी खानयोग्य छ भनेर बोटल र जारमा भरेर बेच्ने गरेका छन् । खानयोग्य नहुने पानी बेचेर सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गरिएको छ ।

आम नागरिकलाई बिरामी बनाउने काम यी पानी बेच्ने माफियाहरुले गरिरहेको छन् । पानीको जार पनि निकै फोहोर, वर्षौँदेखि सफा नगरिएको जस्तो जारमा पानी भरेर बेचिरहेको छन् । कुच्चिएको, हेदै घिनलाग्दो जारहरुमा पानी बिक्री भइरहेको छन् । यता, उनीहरुले तोकेको जति शुल्कमा उपभोक्ताले पानी किन्नुपरेको छ ।

ट्याकंर, मिनिरल वाटर र जारको पानीको मूल्य सरकारले तोकेको होइन् । उनीहरुले आफूलाई मनलाग्दी भाउ राखेको छन् । जसले जार र ट्याकंर पानी किनेर चलाउँछ उसलाई त्यो रेट महँगो हो कि सस्तो यसबारे कसैलाई पत्तो छैन् । सरकारले पनि यसविषयमा छानबिन गरेको छैन् ।

मुलुकका शीर्ष नेताहरुलाई प्रलोभनमा पारेर यिनीहरुले गुणस्तरहीन पानी बिक्रीवितरण गरिरहेको छन् । खानेपानी मन्त्रीलाई कमिशन दिएर आधा ट्याकंर पानीको मूल्य पुरै लिन यिनीहरु सफल बनेको छन् । जारमा पनि भरि पानी हुँदैन तोकेकोभन्दा दुई तीन गुणा पानी कम हुन्छ ।

यता, कसैले नदेख्ने भएपछि टयाकंरवालाले आधा टयाङकी पानी ल्याएर खसाल्छ तर पैसा भने पुरै लिन्छ । अधिकांश जार कुच्चिएको हुन्छ जसको कारण पानी थोरै आउँछ । पानी बेच्ने कम्पनीहरुले यसरी सर्वसाधारण ठग्दा पनि सरकार कानमा तेल हालेर बसेको छ । सम्बन्धित निकायले अनुगमनमा चासो दिएको छैन ।

कहीँकतै हिँड्दा पानी तिर्खा लाग्यो भने पनि सार्वजनिक ढुंगेधारा, कुवा कही पनि छैन् । गोजीमा पैसा भए मिनरल वाटर किनेर खान पाइयो होइन् भने घर नपुगुञ्जेल कुनुपर्छ । बाटोमा मागेर खाने, मानसिकता गुमाएर बाटोमा ल्याएर छोडेको पानीबिनै बाँचिरहेका छन् । पानीको लागि रन्थनेर बस्नु बाध्य छन् उनीहरु ।

किन कि पानी खरिद गरेर पिउन सक्ने अवस्था उनीहरुको छैन् । खानेपानी मन्त्रालयले उपत्यकाभित्र भएका जिल्लाहरुको अध्ययन गरेर बोरिङ गर्नुपर्छ । बोरिङ गरेर पानी निकाल्यो भने तत्कालका लागि काठमाडौंबासीको समस्या समाधान हुन्छ । केही वर्ष अघिसम्म उपत्यकामा मात्र ६ सय ३४ वटा ढुंगेधारा थियो । आल, पोखरी, कुवा त कति थियो कति । तर, पछिल्लो समय उपत्यकामा एउटा ढुंगेधारा भेट्न पनि मुश्किल छ । काठमाडौं महानगरपालिकाले हाम्रो पुर्खाको सम्पत्ति पनि संरक्षण गर्न सकेन् ।

पानीको मुहान नमासिदिएको भए अहिले पानीको व्यापार यसरी मौलाउँदैन थियो । चराचुरुङ्गी, गाइवस्तु, पशुहरुलाई समेत पानीको खोजी गर्नुपर्ने अवस्था छ । अहिले उपत्यकामा चराचुरुङ्गी, गाइवस्तुका बासस्थान कमै मात्र छ । काठमाडौंमा पानीको हाहाकार भएको वर्षौँ बितिसकेको छ ।

तर, यसको समाधानको लागि कोही पनि अघि सरेन् । मेयर, वडाध्यक्षहरु सबै आफ्नो धुनमा मग्नमस्त छन् । काठमाडौंबासीको दुःख बोल्दिने कोही पनि भएन । पानीको हाहाकार हुनुको फाइदा राजनीतिक दलले मात्र उठाए । मेलम्चीको पानी ल्याउँछौ भन्ने नारा लगाउँदै उनीहरु सत्ता आए तर कसैले केही गरेन ।

काठमाडौंबासी पहिले पनि पानीको समस्यासंग जुधिरहेका थिए अहिले पनि जुधिरहेका छन् । कति जनप्रतिनिधि आए, गए तर पानी हाहाकार कसैले देखेन । यो हुनुको प्रमुख कारण पानी बोक्ने टयाकंर कम्पनीमा राजनीतिक दलकै लगानी छ । जनता ठगेर रातारात धनी बनेकाहरुले मेलम्चीको पानी ल्याउलान् ?

मेलम्चीको पानी ल्यायो भने त यिनीहरुको व्यवसायी डुब्छन् । यस्तोको झुठो आश्वासन् सुनेर यिनीहरुको पछि लाग्नु भनेको नेपाली जनताको कमजोरी हो । बोरिङ गरेको जारमा भर्नुको साटो सिधै धाराधारामा छोडिदिए त सर्वसाधारणलाई सस्तो पर्थ्यो । जनताको हितमा रहेर काम गर्न सरकारले चाहँदैन् ।

किन कि यिनै माफियाहरुले सरकार चलाएको छन् । पानीमा पनि राजनीति भयो, व्यापार भयो । सर्वसाधारणलाई सहुलियत रुप पानी त खुवाउन नसक्नेहरुले के मुलुकको विकास गर्लान् । यस्ताको पछि लाग्नु हामी नेपालीकै दुर्भाग्यको कुरा हो ।

गाउँ सहर संवाददाता