गाउँ सहर

तरकारी बजारमा चर्को भीड, कोरोनाको जोखिम बढ्यो, सरकार मौन्

भक्तपुर । तरकारी बजार जहाँ दिनहूँ हाट लाग्ने गर्दछ । देशभरका तरकारी बजार राति २ बजेदेखि सञ्चालनमा आउँछ । उपत्यकामा सञ्चालन भएका तरकारीबजार पनि रातिदेखि नै सञ्चालनमा आउँछन् । बाहिरी जिल्लाबाट ल्याइएको तरकारी, फलफूल विक्रीवितरण रातिदेखि नै सुरु हुन्छ ।

बिचौलियाहरुले तरकारी ल्याएर त्यहाँ झार्छन् । त्यहाँका व्यापारीले खुद्रा व्यापारीलाई बेच्ने गर्दछन् । तर के ती तरकारी पसलहरु दर्ता भएका छन् । उपत्यकामा मात्र कतिवटा तरकारी बजार छ । तीमध्ये कुनैपनि वडामा दर्ता भएका देखिँदैनन् ।

कालीमाटीमा देशकै सबैभन्दा ठूलो तरकारी बजार छ । त्यस्तै बल्खु, तीनकुने, भक्तपुरको चारदोबाटो, धुम्बाराहीमा पनि तरकारी बजार केन्द्रीत छन् । यी तरकारी बजारमा रातिदेखि नै मेला सुरु हुन्छ । तर पनि अनुगमन छैन् ।

बिचौलियाहरुले सस्तोमा तरकारी झार्छन् । पछि आधा तरकारी बिग्रेको रहेछ भनेर किसानलाई पैसा तिर्दैनन् । तरकारी व्यापार गर्नेहरुले काठमाडौँमा घर बनाइसकेका छन् । तर किसानहरुलाई एकछाक खान पनि धौधौ छ ।

यी बजारभित्र तरकारी व्यापार गर्ने स्टलहरुले प्यान नम्बरसम्म लिएका छैनन् । तर नापतौल विभागले भने यसको अनुगमनमा खासै चासो दिएको भने छैन् । बिनादर्ता यिनीहरुले कमाइ राखेका छन् । राज्यलाई राजस्व छलि नै रहेका छन् ।

तैपनि अनुगमन गर्ने आँट कुनैपनि निकायमा छैन् । तरकारी किनेको भाउबाट पचास प्रतिशतसम्म नाफा खाएर बेचिरहेको छन् । जनता भोकभोकै मर्नुपर्ने बेला आइसकेको छ । किसानहरुको दुःख कसैले सित्तैमा खाइरहेको छ ।

तैपनि सरकार लौ ठिकै छ भनेर हात बाँधेर बसेको छ । जनता र किसान लुटिनुसम्म लुटिएका छन् । सरकारी जग्गामा टहरा हालेर तरकारी बेच्न स्टलहरु बनाइएको छ । एकदुई जनाले पसल दर्ता गरेर मासिक भाडा लिएर अरुलाई नै सञ्चालन गर्न दिएका छन् ।

एउटा खाली ठाउँको वा खाली सटरको तरकारी बजारभित्र दश लाख रुपियाँसम्म पर्छ । भाडा तिर्ने पैसा पनि किसान र जनतासंग ठगेका छन् । तरकारी बजारमा आफूखुसी तरकारीको भाउ राख्दै बेचेको छन् । कसैको रोकतोक र डर छैन् ।

हुन पनि ठिकै त हो । अनुगमन टोलीलाई वर्षको एकदिन चेकजाँचमा निस्किन गाह्रो पर्छ । एकदिन निस्कियो भने हामीले दिनौँ अनुगमन गरिरहेको छौँ भन्न बेर लगाउँदैनन् । अनि सिधासाधी जनता नठगिएर को ठगिन्छन् ?

सरकारले नै यसरी जनता ठग्ने व्यापारीहरुलाई शिर चढाएर राखेको छ । जनताको बोली जहिलेपनि पैतालामृनि दबाएर राख्न खोज्ने सरकारको कृनै पनि हालतमा विकास हुँदैन् । जनता ठगिन पनि कहिले पनि नछाडिने नै भए ।

तरकारी बजारमा खृट्टा टेक्ने ठाउँ हुदैन् । सास फेर्नसमेत हम्मेहम्मे पर्छ । अधिकांशको मुखमा मास्क छैन् । मास्क लाएकाले पनि चिउँडो छोप्नको लागि मात्र लगाएजस्तो देखिन्छ । तरकारी बेच्छन् आफू पैसा कमाउँछन् । अनि बिक्री नभएका तरकारी बाटोमा ल्याएर फ्याक्छन् ।

पैसा कमाउन पाए पुग्छ । त्योबाट अरुलाई कति घाटा भइरहेको छ । अरुको अधिकारमा मेरो कारणले ठेस पुगेको छैन् भनेर सोच्ने दिमाग पैसासंगै बेचिसकेका छन् । तरकारी बजारमा कोरोना फैलाउने काम पनि भब्य रुपमा भइरहेको छ ।

तरकारी बेच्ने बिचौलियाहरुको प्रकोप हाम्रो देशमा यत्तिकै छ । सरकारको कमजोर कानूनको कारण किसानहरु ठगिनुसम्म ठगिएका छन् । किसानहरुले सिधै बजारमा ल्याएर तरकारी बेच्ने सक्ने स्थिति मिलाइदिन सरकार तयार छैन् ।

किसानसंग दश रुपियाँ किलो किनेर ल्याउँछन् । बिचौलियाहरुले त्यसमा अर्को पचास रुपियाँ नाफा खाएर व्यापारीलाई बेच्छन् । व्यापारीबाट जनताको चुल्होसम्म पुग्दा त्यही तरकारीको मूल्य सय रुपियाँ नाघिसकेको हृन्छ ।

के यो ठगिनु होइन् ? यसरी जनता ठग्नेलाई सरकारले कारबाही गर्नुपर्ने होइन् । तैपनि सरकार किन मौन छ ? किन जनताको पक्षमा रहेर बोल्न कुनैपनि सम्बन्धित निकाय तयार छैन् । के जनताले चुनाव खर्च दिँदैनन् भनेर हुन् ।

जनता यत्रो ठगिँदा त लौ ठिकै छ हाम्रो सरकार पनि होइन् भनेर बसेका छन् ।  भने चुनाव खर्च दिन पनि सहमत छन् । सरकारले नै यस्ता ठगहरुको हौसला बढाएको हो । दश रुपियाँको सामान सय रुपियाँ पुर्याउन सहयोग गर्ने नै सरकार हो ।

व्यापारीले राज्यलाई अरबौँ रुपियाँ राजस्व छलेको छन् । तिनीहरुलाई जेल किन हालिएन् ? जनतासंग एक रुपियाँ कम भयो भने व्यापारी सामान दिन मान्दैनन् । तर त्यत्रो अरबौँ रुपियाँ राजस्व छल्न यिनीहरुलाई लाज लाग्दैन् । अझै विभिन्न बहाना बनाएर जनता ठग्छन् । व्यापार गर्ने नाममा संघसंस्था खोलेका छन् ।

आन्दोलनमा जान्छौँ भनेर घुर्की देखाउँछन् । जनताले हिजोपनि पैसा तिरेर खाएका थिए भने भोलि पनि पैसा तिरेर खानुपर्ने हो । अहिले एउटा फुटपाथमा तरकारी पसल राख्नेले दिनमा पाँच हजारसम्म नाफा कमाउँछन् ।

तरकारी बजारभित्र पसल सञ्चालन गर्नेले त दिनको लाखसम्म कमाउँछन् । अब बिचौलियाले त कति कमाउला अड्कल मात्र लगाए पुग्छ । पसल दर्ता पनि भएको छैन् त राजस्व तिर्ने झन्झट नै भएन । न कम्पनीमा गएका छन् न त कम्पनीमा ।

त्यत्रो भीडभाड गरेर कुनै पनि स्वास्थ्य मापदण्डको पालना नगरी तरकारी बेचेका छन् । एउटै स्टलमा दुईसय जनासम्मको भीड हुन्छ । अनि कोरोना नफैलिएर के फैलिन्छ । सिडियोहरु अनुगमनमा निस्किँदैनन् । गृहमन्त्रालयलाई मतलब छैन् । कोरोना नियन्त्रण गरेर जनता बचाउनुपर्छ भन्नेमा उनको ध्यान गएको छैन् ।

व्यापारीलाई सरकारले फेरि लकडाउन गर्छ कि भन्ने डर । लकडाउन नगराउनको लागि व्यापारीले गृहमन्त्रीलाई अवश्य नै आर्थिक सहयोग त गरेका नै छन् । अब लकडाउन हुँदैन् भनेर व्यापारीहरु दाबी गर्छन् । स्वास्थ्य मन्त्रालय गृह मन्त्रालयको अगाडि लाचार पर्छ ।

अहिले पनि दिनहूँमा कोरोनाले मान्छेहरु मरेका छन् । सरकारले लकडाउन गर्न कुनै उपाय चाल्दैन् । यो कुराले प्रष्ट देखिन्छ । सरकारको मापदण्ड पालना नभएको बाटोघाटोमा देखिन्छ । सरकारबाट अनुगमन नभएको पनि नदेखिएको भने होइन् ।

सत्य कुरा हामीपनि सजग छैनाैँ, स्वास्थ्य मापदण्डमा हेलचेक्राइँ गरिरहेका छाैँ । चाडवाडले नेपालीकाे घरदैलाे चहारिसकेकाे छ अवस्था झनै विग्रनसक्ने कुरालाई नजरअन्दाज गर्न मिल्छ र !

तपाईँको मत