बीमा समितिले गर्यो २२ बीमा कम्पनीलाई कारबाही
- गाउँ सहर संवाददाता
- ९ असार बिहीबार, २०७९ | १९:१०:०० मा प्रकाशित
काठमाडौं । तोकिएको समयमा वार्षिक लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । निर्धारित समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै समितिले ती कम्पनीहरुलाई १० हजार देखि १० हजार ५ सय रुपैयाँसम्मका दरले जरिवाना गरेको हो ।
आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाएको कारणले कारबाहीमा परेका कम्पनीहरुमा नेपाल पुनर्बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), एसियन लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स छन् ।
यसैगरी आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन नबुझाएका कारण जरिवाना गरिएका कम्पनीहरुमा राष्ट्रिय बीमा संस्थान, नेसनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, दि ओरिएण्टल इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी लिमिटेड छन् ।
बिमा ऐन २०४९ र बिमा नियमावली, २०४९ बमोजिम कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र आफूले गरेको व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन समितिमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ । सो व्यवस्था बमोजिम आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनी प्रत्येकलाई १० हजारका दरले र आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई दोस्रो पटक कानुनी व्यवस्थाको उल्लङ्घन गर्ने बिमा कम्पनी प्रत्येकलाई ५ सय थप गरी १० हजार ५०० सय रुपैयाँका दरले जरिवाना गर्ने निर्णय समितिले गरेको हो ।
बिमा ऐन, २०४९ को दफा २५ बमोजिम कम्पनीहरूले आफूले गरेको व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समिति समक्ष पेश गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस