शिक्षा

पाटन संयुक्त क्याम्पस, अर्थशास्त्र विभाग प्रमुखमा डा. रघुवीर विष्ट नियुक्त

ललितपुर । पाटन संयुक्त क्याम्पस, अर्थशास्त्र विभाग प्रमुखमा सह-प्राध्यापक डा. रघुवीर विष्ट नियुक्त भएका छन् । ललितपुर निवासी डा. विष्ट लामाे समयदेखि शिक्षणसँगै अनुसन्धानमा सक्रिय थिए ।

उनी कुशल विश्लेषकसँगै स्थापित लेखक पनि हुन् ।

उनको आगमनले अर्थशास्त्र विभागमा रहेका विभिन्न चुनौतिलाई पार लगाउँदै सो विषयको विकासमा ठूलो योगदान पुग्ने क्याम्पस प्रशासनले बताएको छ ।

गाउँ सहर संवाददाता