अर्थतन्त्र

प्रभु लाइफद्वारा सातै प्रदेशमा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडाैं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नेपालभर सातै प्रदेशमा बृहत अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक प्रदेशमा अभिकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रदेश नं. १ को विर्तामोड र इटहरी, मधेस प्रदेशको बर्दिबास र बीरगंज, बागमती प्रदेशको नारायणगढ र काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगंज, कर्णाली प्रदेशको सुर्खेत तथा सुदुरपश्चिम प्रदेशको धनगढी र लम्कीमा सो कार्यक्रम सम्पन्न भएको थियो । उल्लेखित सबै स्थानहरुमा गरेर करिब १२ हजार भन्दा बढि अभिकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईको प्रमुख आतिथ्यमा रहेका कार्यक्रमहरुमा अभिकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमहरुमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत, नायब महाप्रवन्धक, ब्यवसाय प्रमुख, एजेन्सी विभागका प्रमुख, सम्बन्धित प्रदेशका प्रदेश प्रमुख लगायत कम्पनीका कर्मचारीहरुकोसमेत सहभागिता रहेको थियो ।

कम्पनीका उच्च ब्यवस्थापनका सदस्यहरुले उक्त कार्यक्रममा अभिकर्ताहरुलाई उत्प्रेरणामुलक सन्देश तथा उपलब्धिमुलक प्रशिक्षण दिएका थिए । कम्पनीको मेरुदण्डको रुपमा रहेका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । उक्त कार्यक्रमहरुबाट अभिकर्ताहरुले नयाँ जोश, जाँगर र थप हौशला प्राप्त गरेको कुरा व्यक्त गरे । 

वागमती प्रदेशको काठमाडौंमा २०७९ असार ४ गते भव्य रुपमा आयोजित सो कार्यक्रम अपार सफलता सहित सम्पन्न भएको थियो । कार्यक्रममा ६०० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको थियो । उत्कृष्ट अभिकर्ताहरुको सम्मान सहित, उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई कम्पनीको लोगो अंकित विभिन्न सामाग्री  लगायत साम्सुङ्गको १०.५ इन्चको ट्यावलेट प्रदान गरिएको थियो । मापदण्ड पुगेका सम्पूर्ण अभिकर्ताहरु मध्येबाट १ जना भाग्यशाली अभिकर्ता श्री जालन्धर कार्कीज्यूलाई गोलाप्रथाबाट १ थान होण्डा ग्राजिया १२५ सि.सी. स्कुटर प्रदान गरिएको थियो । 

यि कार्यक्रमहरुबाट कम्पनीले आगामी दिनहरुमा आफ्नो व्यवसाय बृद्धि हुने कुरामा दुईमत नरहने विश्वास व्यक्त गरेको छ । 
 

गाउँ सहर संवाददाता

तपाईँको मत