हुवावेको मुख्य प्रायोजनमा साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रम आयोजना हुँदै
- गाउँ सहर संवाददाता
- ३ असार शुक्रबार, २०७९ | १४:२६:०० मा प्रकाशित

काठमाडाैँ । नेपालको पहिलो साइबर सेक्युरिटी रिसर्च संस्था "सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सिएसआरआई)" हो । यो संस्थाले नेपालको सूचना सञ्चार तथा प्रविधि र साइबर सुरक्षा क्षेत्रमा खोज, अनुसन्धान, नवप्रवर्तन, तालिम तथा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।
यसै सन्दर्भमा आज मिति २०७९ असार २ गते बिहीबारका दिन यस संस्थाका अध्यक्ष प्रा.डा. सुवर्ण शाक्य, उपाध्यक्ष मिलन राज नेपाली, निवर्तमान अध्यक्ष तथा इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) का अध्यक्ष चिरञ्जिवी अधिकारी र एनपीसर्टका सदस्य सुरेश भण्डारीले हुवावे इन्टरनेसनल सिङ्गापुरका ग्लोबल पब्लिक सर्विसेस इन्डस्ट्रि एक्स्पर्ट प्याट्रिक लो बेन्ग ची र हुवावे नेपालका प्रतिनिधी सुप्रलराज जोशीलाई औपचारिक भेटघाट गरी सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनले आयोजना गर्ने आगामी साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रमको बारेमा सहकार्य गर्ने छलफल भयो ।
Multi-Stakeholder Discussion on Cyber Security Policy and Processes नामक सो कार्यक्रमको मुख्य आयोजक सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल सहआयोजक हुने भएको छ ।
सो अवसरमा अध्यक्ष शाक्यले चीलाई नेपालमा स्वागत गर्दै सिएसआरआईको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस