गाउँ सहर

ठूलो परिमाणमा सेतो हेरोइन बरामद

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पछिल्ला चार दिनमा ५० केजी हेरोइन बरामद गरेको छ ।

प्रहरीले सेतो र खैरो हेरोइनसहित ७ जना विदेशीलाई पनि पक्राउ गरिएको जानकारी दिएको छ । 

प्रहरीका अनुसार विभिन्न देशहरूबाट सो हेरोइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याइएको थियो । हेरोइन नेपाल ल्याएर भारत हुँदै तेस्रो मुलुकसम्म पुग्ने प्रहरी अनुसन्धानले देखाएको छ ।

पक्राउ परेकाहरु सबै दक्षिण अफ्रिकी नागरिक भएको लागु औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । 

गाउँ सहर संवाददाता