खेल
एएफसी एसियन कप छनोट खेलमा नेपाल र इन्डाेनेसिया खेल्दै
- गाउँ सहर संवाददाता
- ३१ जेठ मंगलबार, २०७९ | ०७:४४:०० मा प्रकाशित

काठमाडौं । नेपालले आज एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत खेल इन्डोनेसियासँग गर्दैछ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले तेस्रो तथा अन्तिम खेलको इन्डोनेसियाको सामना गर्नेछ । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
लगातार दुई खेल गुमाएकाे नेपाल बलियो टिम इन्डोनेसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरि पहिलो जितको खोजीमा छ ।
बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो ।
यस्तै शनिबार भएको दोस्रो खेलमा नेपाललाई आयोजक कुवेतले ४-१ गोल अन्तरले हराएको थियो ।
छनोटको समूह 'ए' मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भईसकेको छ ।
इन्डोनेसिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
प्रतिकृया दिनुहोस