अल्ब्राईट इन्स्टिच्युट अफ बिजिनेस एण्ड ल्याङ्ग्वेज अष्ट्रेलियाले गर्यो काठमाडौंमा एजेन्ट मिट
- गाउँ सहर संवाददाता
- ३० जेठ सोमबार, २०७९ | २१:००:०० मा प्रकाशित
काठमाडौं। अल्ब्राईट इन्स्टिच्युट अफ बिजिनेस एण्ड ल्याङ्ग्वेज अष्ट्रेलियाले काठमाडौंमा एजेन्ट मिट को आयोजना गरेको छ।
अल्ब्राईट इन्स्टिच्युट अफ बिजिनेस एण्ड ल्याङ्ग्वेजको मेलबोर्न, एडेलेड, ब्रिसबेन, तथा सिड्नी मा आफ्नो क्याम्पसहरु रहेका छन्।
यही जेष्ठ २९ गतेका दिन "दि एभरेस्ट होटल" नयाँ बानेश्वरमा आफ्ना सम्पूर्ण एजेन्ट हरुलाई इन्स्टिच्युटमा उपलब्ध कोर्ष, संस्थाको नयाँ निति तथा अवधारण बारे जानकरी दिने उद्धेश्यले उक्त एजेन्ट मिटको आयोजना गरिएको नेपाल स्थित बिजनेस डेभलपमेन्ट म्यानेजर सुष्मिता सुब्बाले जानकारी गराइन्।
कार्यक्रममा देशभरी छरिएर रहेका आफ्ना एजेन्टहरुलाई इन्टरनेसनल बिजनेस डेभलपमेन्ट म्यानेजर गुलरेज़ हाजीले सर्टिफिकेट अफ एप्रिसिएसन् प्रदान गर्दै आगामी दिनमा पनि सफल र विश्वासिलो सहकार्यको कामना गरे।
अल्ब्राईट इन्स्टिच्युट अफ बिजिनेस एण्ड ल्याङ्ग्वेजले इंग्लिश ल्याङ्वेज कोर्ष र अन्य विषय जस्तै इन्फोमेसन टेक्नोलोजी, लिडरशिप म्यानेजमेन्ट, प्रोजेक्ट म्यानेजमेन्ट, बिजनेस र मार्केटिङ कम्युनिकेसनमा डाप्लोमा र एड्भान्स डीप्लोमा र ग्याजुएट डिप्लोमा अफ म्यानेजमेन्ट कोर्सहरु गराउँदै आएको छ।
अल्ब्राईट इन्स्टिच्युट अफ बिजिनेस एण्ड ल्याङ्ग्वेज अष्ट्रेलियाले आगामी दिनमा नयाँ कोर्ष हरु थप्ने तथा अन्य स्थानहरूमा क्याम्पस एक्सटेन्सन गर्दै जाने र नेपाललाई प्राथमिक बजार को रूपमा हेरिरहेको अलब्राइट की इन्टरनेसनल बिजनेस डेभलपमेन्ट म्यानेजर गुलरेज़ हाजीले जानकारी गराए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस