देशमा पुनरकर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जाकाे अवस्था कस्ताे छ ?
- गाउँ सहर संवाददाता
- २८ जेठ शनिबार, २०७९ | १०:०३:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल राष्ट्र बैंकद्वारा जारी देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७८/७९ को दश महिनाको तथ्याङ्कमा आधारित) अनुसार पुनरकर्जा २०७९ वैशाख मसान्तमा रु.११४ अर्ब ९६ करोड लगानीमा रहेको छ । उसका अनुसार २०७९ वैशाख मसान्तसम्ममा १ लाख ४६ हजार ३८२ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.२१६ अर्ब ३३ करोड कर्जा बक्यौता रहेको छ ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार १६३ ऋणीलाई प्रवाह भएको रु.१३९ अर्ब ५५ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ३७९ महिला उद्यमीलाई प्रवाह भएको रु.७३ अर्ब ९ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८४० ऋणीको रु.३ अर्ब ६९ करोड कर्जा बक्यौता रहेको छ ।
बैंकका अनुसार “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७९ वैशाख मसान्तसम्ममा रु.१ अर्ब १३ करोड स्वीकृत भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस