थाइल्याण्डसँग पराजितसँगै नेपाल यू-१९ महिला विश्वकपमा छनोट हुन असफल
- गाउँ सहर संवाददाता
- २४ जेठ मंगलबार, २०७९ | १४:४७:०० मा प्रकाशित
काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।
मलेसियाको युकेएम ओभलमा मंगलबार नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो । यो हारसँगै नेपाल सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुने प्रथम संस्करणको यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ ।
थाइल्याण्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा अलआउट हुँदै ४० रन मात्र बनाउन सक्यो ।
एसिया छनोटमा ६ टोली सहभागी छन् । नेपालले आफ्नो अन्तिम खेल मलेसियासँग खेल्न बाँकी हुँदै विश्वकपमा छनोट नहुने निश्चित भएको हो । नेपालले ४ खेलबाट ४ अंक जोडेको छ । अपराजित थाइल्याण्डको समान खेलबाट ८ अंक भएको छ ।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले यसअघि कतारलाई ७९ रनले हराएको थियो । दोस्रो खेलमा युएईसँग १० विकेटको हार ब्यहोरेको थियो । सो खेलमा पहिले ब्याटिङ गरेको नेपाल ८ रनमै अलआउट भएको थियो ।
थाइल्याण्डको यो लगातार चौंथो जित हो । थाइल्याण्ड ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस