मुक्तिनाथ विकास बैंकको सन्देश : समय सँगै परिवर्तनको आवश्यकता
- गाउँ सहर संवाददाता
- २३ जेठ सोमबार, २०७९ | १७:०३:०० मा प्रकाशित
काठमाडाैँ । मुक्तिनाथ विकास बैंकले समय सँगै परिवर्तनको आवश्यकता रहेको डिजिटल बैंकिङ्गको साक्षरताकोे जनचेतनाका लागि सन्देशमुलक भिडियो सार्वजानिक गरेको छ ।
यस भिडियोमा, जसरी एक आमाले आफ्नो सन्तानलाई सानै देखि हरेक पाइलामा साथ दिँदै बोल्न, हाँस्न, हिँड्न सिकाउँछिन् । त्यसैगरि सन्तान ठूलो भएपछि उसको कर्तव्य पनि आफनो आमाको सहायता गर्नु हो भनेर देखाइएको छ । आमालाई नजानेका कुरा सिकाउनु जस्तै डिजिटल बैंकिङ्गको प्रयोग पनि सन्तानको कर्तव्य हो भन्ने सन्देश यस भिडियोले दिन्छ । सिकाइको लागि कुनै उमेरको सिमा नराख्दा साक्षरता बढ्छ ।
अहिलेको युगमा बैंक तथा वित्तीय संस्था सम्बन्धी विभिन्न कारोबारहरु डिजिटल बैंकिङ्ग मार्फतनै हुनेगरेका छन् । कति व्यक्तिहरुलाई यो सहज लागे पनि धेरै वृद्ध – वृद्धा र सामान्य पढेका व्यक्तिहरुको लागि भने डिजिटल बैंकिङ्ग सोचेभन्दा गाह्रो हुन पनि सक्छ । बैंकमा खाता र हातमा स्मार्टफोनको सहायताले विभिन्न काम जस्तै भुक्तानी, रिर्चाज, फण्ड ट्रान्सफर, आदि जस्ता कार्यहरु सजिलै एकै ठाँउमा बसेर गर्न सकिन्छ र यस्को साक्षरताले सबैलाई फाइदा पुग्ने सन्देश यस भिडियो मार्फत बैंकले दिन खोजेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस