मुक्तिनाथ विकास बैंकको सन्देश : समय सँगै परिवर्तनको आवश्यकता
- गाउँ सहर संवाददाता
- २३ जेठ सोमबार, २०७९ | १७:०३:०० मा प्रकाशित
काठमाडाैँ । मुक्तिनाथ विकास बैंकले समय सँगै परिवर्तनको आवश्यकता रहेको डिजिटल बैंकिङ्गको साक्षरताकोे जनचेतनाका लागि सन्देशमुलक भिडियो सार्वजानिक गरेको छ ।
यस भिडियोमा, जसरी एक आमाले आफ्नो सन्तानलाई सानै देखि हरेक पाइलामा साथ दिँदै बोल्न, हाँस्न, हिँड्न सिकाउँछिन् । त्यसैगरि सन्तान ठूलो भएपछि उसको कर्तव्य पनि आफनो आमाको सहायता गर्नु हो भनेर देखाइएको छ । आमालाई नजानेका कुरा सिकाउनु जस्तै डिजिटल बैंकिङ्गको प्रयोग पनि सन्तानको कर्तव्य हो भन्ने सन्देश यस भिडियोले दिन्छ । सिकाइको लागि कुनै उमेरको सिमा नराख्दा साक्षरता बढ्छ ।
अहिलेको युगमा बैंक तथा वित्तीय संस्था सम्बन्धी विभिन्न कारोबारहरु डिजिटल बैंकिङ्ग मार्फतनै हुनेगरेका छन् । कति व्यक्तिहरुलाई यो सहज लागे पनि धेरै वृद्ध – वृद्धा र सामान्य पढेका व्यक्तिहरुको लागि भने डिजिटल बैंकिङ्ग सोचेभन्दा गाह्रो हुन पनि सक्छ । बैंकमा खाता र हातमा स्मार्टफोनको सहायताले विभिन्न काम जस्तै भुक्तानी, रिर्चाज, फण्ड ट्रान्सफर, आदि जस्ता कार्यहरु सजिलै एकै ठाँउमा बसेर गर्न सकिन्छ र यस्को साक्षरताले सबैलाई फाइदा पुग्ने सन्देश यस भिडियो मार्फत बैंकले दिन खोजेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस