'चन्द्रागिरि नगरपालिकाले एड्भेन्चर टुरिजमलाई प्रवर्द्धन गर्ने'
- गाउँ सहर संवाददाता
- २२ जेठ आइतबार, २०७९ | २१:१९:०० मा प्रकाशित
काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले एड्भेन्चर टुरिजमलाई प्रवर्द्धन गर्ने भएकाे छ ।
आइतबार नगर प्रमुख घनश्याम गिरीले मातातिर्थमा रहेको एड्भेन्चर साइकल ट्रेलमा वृक्षारोपण गर्दै एड्भेन्चर टुरिजमलाई प्रवर्द्धन गर्ने योजनालाई अगाडि बढाइएकाे बताएका हुन् ।
नेपाल टुरिजम बोर्ड र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा निर्मित उक्त साइकल ट्रेलमा अन्य आवश्यक पूर्वाधारको लागि नगरपालिकाले यसै वर्षदेखि पहली कदम चाल्ने नगर प्रमुख गिरीले बताए ।
वातावरण दिवसको अवसरमा चन्द्रागिरि राइडर्स क्लबले उक्त वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो ।
नगर प्रमुख गिरीले वडा नं. ९ मा पनि सो किसिमको साइकल ट्रेल बन्दै गरेको र ४ मा हाइकिङ मार्ग निर्माणाधिन रहेको कुरा जानकारी गराउँदै नगरपालिकाको अन्य सम्भावना बोकेको क्षेत्रमा पनि यसै किसिमका तथा अन्य एड्भेन्चर टुरिजमलाई प्रवर्द्धन गर्ने योजनालाई अगाडि बढाइने जानकारी गराए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस