गाउँ सहर

सेतु बिकको सालिकको मर्मत तुरुन्त गरियोस्, राजा बिरेन्द्रको सालिक अबिलम्ब थापना गरियोस्

काठमाडौँ । राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले उच्छृंखल व्यवहार जहाँबाट भएपनि स्वीकार्य नहुने बताएका छन् । उनले सञ्जालमार्फत् सो कुरा बताएका हुन् ।

उनले भनेका छन्— "सेतु बिकको सालिकको तोडफोड कदापि स्वीकार हुँदैन भने राजा बिरेन्द्रको पुरानो सालिक कायम गर्न जानेहरु माथि प्रहरीको बन्दुक र राज्यको दमन कुनै हालत मा स्वीकार गर्न सकिँदैन । सेतु बिकको सालिकको मर्मत तुरुन्त गरियोस् । राज्यले बन्दुकको भरमा भत्काएको राजा बिरेन्द्रको सालिक अबिलम्ब थापना गरियोस् । अब बन्दुक देखाएर जनता तर्साउने दिन सकिई सक्यो सालिक फेरि जनताले खडा गर्ने छन् ।"

गाउँ सहर संवाददाता