गाउँ सहर

कन्सल्टेन्सीद्वारा वैदेशिक रोजगारीको नाममा ठूलो रकम ठगी

काठमाडौँ । शैक्षिक परामर्श सेवाका लागि खोलिएका कन्सल्टेन्सीले वैदेशिक रोजगारीको नाममा ठूलो रकम ठगी गर्ने गरेको पाइएको छ ।

इन्टरनेशनल एक्स्पो एन्ड ट्राभल सर्भिस प्रालि र जिनियस एजुकेशन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालिले एक महीना अवधिमा १४४ जनाबाट साढे ४ करोड रुपैयाँ उठाएको पाइएकाे हाे ।

अहिले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।

गाउँ सहर संवाददाता