रविलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख बिगो भराउन माग
- गाउँ सहर संवाददाता
- ७ पौष आइतबार, २०८१ | १९:१३:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले आइतबार दायर गरेको अभियोग पत्रमा लामिछानेविरुद्ध व्यक्तिगत र सामूहिक गरी उक्त बिगो भराउन माग गरिएको हो।
सहकारीबाट लिएको व्यक्तिगत ऋण एक करोड, स्वेट शेयर लिनको लागि प्रयोग भएको ७५ लाख रुपैयाँ र गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडमा उनी खातावाला भएको खातामा गएको रकमको सञ्चालकको हैसियतले हुने सामूहिक दायित्व एक करोड ६२ लाख ६५ हजार रुपैयाँको बिगो कायम गरिएको हो।
लामिछानेले जीबीसँग मिलेमतो गरी सहकारी ऐन, नियमविपरित रकम अपचलन गर्नका लागि कृतिम कारोबार, कृतिम व्यक्ति, काल्पिनिक ठेगाना उल्लेख गरी अपराधबाट उम्कन पूर्व योजना अनुसार झुठा विवरण उल्लेख गरी आर्थिक लाभ लिएको पुष्टि भएको अभियोग छ।
उनले गोर्खा मिडियाबाट विभिन्न कम्पनी तथा व्यक्तिलाई चेकमार्फत भुक्तानी गरेको, शेयर बिक्री गरेर अलग भइसकेको भने पनि त्यसपछि पनि चेकमार्फत भुक्तानी दिएको भेटिएको छ।
यस्तै, रविलाई झण्डै २८ करोड बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरणको कसुरमा छुट्टै मुद्दा दायर गरिएको छ। रवि र उनकी पत्नी निकिता पौडेलका नाममा रहेको सम्पत्ति पनि जफत गर्न माग गरिएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस