गाउँ सहर

मोटरसाइकल चाेरहरू नियन्त्रणमा

झापा । झापामा माेटरसाइकलसहित चाेरहरू नियन्त्रणमा लिइएकाे प्रहरीले बताएकाे छ ।

इलाका प्रहरी कार्यालय अनारमनी झापाको एरिया इलाकाबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने मानिसको पहिचान तथा खोजतलास सुक्ष्म रुपमा गर्दे जाँदा उनीहरू पक्राउ परेका हुन् ।

घटनानुसार मिति २०७९।०२।१८ गते जिल्ला झापा अर्जुनधारा नपा वडा नं ८ कदमगाछी स्थीत रहेको अशोक विहारीको घरमा ग्यारेज भित्रवाट र जिल्ला झापा अर्जुनधारा नपा वडा नं १० स्थित बिमल हुमगाईको घर सटरमा मोटरसाइकल ग्यारेज संचालन गरी बस्ने निज करण महमदको ग्यारेजबाट र झापाको बिभिन्न स्थानवाट निम्न विवरण भएको मोटरसाइकलहरु र चोरी घटनामा संलग्न निम्न मानिसहरु पक्राउ गरी चोरी मुद्धामा अनुसन्धान भइरहेको व्यहोरा जानकारी प्रहरीले गराएकाे छ ।

पक्राउ मानिसहरुः

  • जिल्ला सप्तरी टिकुली नगरपालिका वडा नं ५ घर बताउने वर्ष २७ को करण महमद ।
  • जिल्ला झापा गौरीगञ्ज गाउँपालिका वडा नं। ५ बस्ने वर्ष १८ को ओम प्रकाश यादव । 
  • जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं ८ बस्ने वर्ष १८ को समिर मियाँ । 
  • जिल्ला झापा विर्तामोड नगरपालिका वडा नं ५ बस्ने वर्ष १८ को विष्णु भण्डारी
  • जिल्ला झापा विर्तामोड नगरपालिका वडा नं ५ बस्ने वर्ष १८ को करण मण्डल ।
  • जिल्ला झापा विर्तामोड नगरपालिका वडा नं ३ बस्ने वर्ष १९ को कुमार राजवंशी ।
  • जिल्ला झापा विर्तामोड नगरपालिका वडा नं ३ बस्ने वर्ष १८ को सुमन विहारी । 
  • जिल्ला ईलाम चुलाचुली घर वताउने वर्ष १८ को राहुल श्रेष्ठ । 
     

 

गाउँ सहर संवाददाता