विदेश पढ्न र पलायनकाे याे भीड के गर्दा नियन्त्रण हाेला ?
- गाउँ सहर संवाददाता
- १९ जेठ बिहीबार, २०७९ | १०:३०:०० मा प्रकाशित

काठमाडौँ । केही वर्ष यतादेखि उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या डरलाग्दो तरिकाले बढिरहेको तथ्यांकले देखाएको छ ।
यसरी देशका बौद्धिक वर्ग अध्ययन गर्ने बहानामा विदेश जाने तर नफर्कने प्रवृत्तिले गर्दा नेपालको शिक्षा क्षेत्रमा केही हदसम्म असर परेको देख्न सकिन्छ । पछिल्लो समय प्लस टु सक्नेबित्तिकै उच्च अध्ययनका लागि विदेश जाने फेसनजस्तै बनेको छ ।
सरकारी र निजी क्षेत्रमा नेपालको शिक्षामा ठूलो लगानी भए पनि विद्यार्थीको वैदेशिक अध्ययनमोहमा भने कमी आउन सकेको छैन । वैदेशिक अध्ययनका लागि जानेहरूले विषयअनुसार र बसोवाससहित कम्तीमा पनि १५ देखि २० लाखसम्म खर्च गर्ने गरेका छन् ।
पछिल्लो समय उच्च वर्गमा मात्र नभई मध्यमवर्गीय परिवारमा पनि विदेश पढ्न जाने लहर बढेको छ । विदेश पढ्न जाने लहर बढेसँगै नेपालबाट ठूलो रकम पनि बाहिरिइरहेको छ ।
नेपाली शिक्षा प्रणालीले अहिले न अभिभावकको विश्वास जितेको छ न त विद्यार्थीको नै । भर्खर पढ्दै गरेका युवायुवतीमा यस्तो छाप परेसँगै देशमा भएका बौद्धिक जनशक्ति पनि बाहिएको छ ।
विदेश पढ्न जाने उमेरमा १७ देखि २५ वर्षसम्मका युवायुवती बढी रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
- विदेशमा गएर उच्च शिक्षा हासिल गरेमा अन्तर्राष्ट्रिय श्रमबजारमा बिक्ने अपेक्षा ।
- विदेशमा गएर पढ्दै, कमाउँदै केही खर्च बचाउने मानसिकता ।
- नेपालको शिक्षा प्रणाली कमजोर हुँदै जानुजस्ता कारण छन् ।
अहिलेसम्म विदेश गएका अधिकांश विद्यार्थी उच्च शिक्षा हासिल गर्न भनेर गएका छैनन् । नेपालमा रहेका शैक्षिक परामर्शदातृ संस्थाको तथ्यांकअनुसार उच्च अध्ययन गर्न भनेर विदेश गएका विद्यार्थीमध्ये ३० प्रतिशत मात्र साँच्चिकै पढ्न जाने गरेका छन् ।
याे समस्या हाे, समाधन हाेइन र दिगाेपनि छैन ।
यसै सन्दर्भमा रहेर हामीले तपाइँमा प्रश्न गरेका छाैँ, के गर्दा याे भीड नियन्त्रण गर्न सकिएला ? सरकारले के गर्नुपर्ला, जनताले के गर्नु पर्ला ? समाधानसहितकाे उत्तरकाे पर्खाइमा हामी छाैँ, ताकि नीति तहमा याे कुरा पुगाेस् र कार्यान्वयन हाेस् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस