अर्थतन्त्र

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मिनिसो, मिसियो स्टोरमा सामान किन्दा क्यासब्याक

काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मिनिसो र मिसियोका स्टोरहरूबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ  ।

बैंकले अन्तर्राष्ट्रिय ब्रान्डहरू मिनिसो र मिसियोसँग साझेदारी गरी यो योजना सार्वजनिक गरेको हो । यस योजनामा ग्लोबल आइएमई बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर मार्फत भुक्तानी गर्दा प्रत्येक कारोबारमा १०% (अधिकतम रु. ३०० सम्म) क्यासब्याक पाउनेछन् ।

यो योजना जेठ १८ गते बुधबारदेखि काठमाडौं उपत्यकाभित्रका मिनिसो र मिसियोका सबै स्टोरहरूमा लागू हुनेछ । फ्रेन्चाइजमा आधारित अन्तर्राष्ट्रिय रिटेल चेन डिपार्टमेन्टल स्टोर मिनिसो र मिसियोका १२ भन्दा बढी स्टोरहरू रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत