यस्ताे अवस्थामा भेटियाे हराइरहेकाे तारा एअरकाे विमान
- गाउँ सहर संवाददाता
- १६ जेठ सोमबार, २०७९ | ०७:५८:०० मा प्रकाशित
काठमाडौं । आइतबार बिहानदेखि बेपत्ता रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
नेपाली सेनाको टोलीले जहाज थसाङ २ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको नेपाली सेनाका प्रवक्ताले जानकारी गराएका छन् ।
जहाज चार हजार मिटर माथि डाँडामा ठोक्किएको अनुमान गरिएको छ । थुसाङ २ का वडाध्यक्ष गौतम शेरचनले दिएको जानकारीअनुसार गाउँभन्दा निकै माथि डाँडामा जहाज ठोक्किएको पाइएको छ ।
उनैले करिब चार हजार मिटर माथि हुन सक्ने अनुमान गरिएको बताए ।
“चार हजार मिटरभन्दा माथिको उचाइमा छ,” उनले भने, “यही बाटो भएर यार्सा टिप्न जानेले जहाज दुर्घटनामा परेको देखेर खबर गरिएको हो ।”
पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ट्विनअटर विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । सो विमानको खोजी कार्य सोमबार बिहानैबाट पुन: सुरु गरिएको थियो । विमानमा १९ यात्रु र चालक दलसहित २२ जना सवार थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस