अर्थतन्त्र

यी हुन् कर घटबढ भएका वस्तुहरु (पूर्णपाठ)

काठमाडाैं । सरकारले विभिन्न करका दर परिर्वतन गरेको छ। सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् करको दर परिर्वतन गरेको हो ।

सरकारले आर्थिक विधेयकमार्फत् विभिन्न करका दरहरुमा परिर्वतन गरेको हो । सरकारले मदिराजन्य पदार्थ, सुर्तीजन्य पदार्थ र अन्य विलासिताका वस्तुहरुमा कर बढाएको छ । त्यस्तै दैनिक उपभोगका वस्तुहरुमा भने कर छुट दिएको छ । आर्थिक विधेयकका अनुसार सरकारले निर्यात र पैठारी हुने वस्तुहरुमा पनि करको दर परिर्वतन गरेको हो ।

यसैगरी, उद्योगलाई चाहिने मेसिनरी आयातमा छुट दिइएको छ भने क्यासिनोले तिर्नुपर्ने रोयल्टी समेत बढेको छ । अब क्यासिनोले वार्षिक ५ करोड कर बुझाउनुपर्ने छ भने आधुनिक मेसिनबाट खेलाइने खेलका लागि वार्षिक १ करोड रुपैयाँ कर बुझाउनुपर्ने छ ।

गाउँ सहर संवाददाता