निजगढ विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको फैसलाविरुद्ध बारामा प्रदर्शन
- गाउँ सहर संवाददाता
- १३ जेठ शुक्रबार, २०७९ | ०७:१६:०० मा प्रकाशित

बारा । सर्वोच्च अदालतको पछिल्लो फैसलाविरुद्ध बारामा राँके जुलुस प्रदर्शन भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन दलमध्यको एक माओवादी केन्द्रले राँके जुलुस प्रदर्शन गरेको हो ।
माओवादी केन्द्र निजगढ नगर कमिटीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्चले बदर गरिदिएको भन्दै बिहीबार राति राँके जुलुससहित विरोध प्रदर्शन गरेको हो ।
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा विमान चाप थेग्न नसकेको भन्दै विगत लामो समयदेखि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने आवाज उठिरहेको र सरकारले महत्त्वाकाङ्क्षी राष्ट्रिय परियोजनाका रूपमा अघि सारेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाएकै कारण अदालतको निर्णयप्रति विरोध गरिएको माओवादी केन्द्रका सपिम खरेलले बताए ।
विमानस्थल निर्माणले जनता, देशको भाग्य र भविष्य उज्ज्ववल हुने मात्रै नभई अन्य मुलुकसँग नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध थपिने महत्त्वाकाङ्क्षी योजनामा सर्वोच्चले वातावरण सरक्षणको नाममा सेटिङ रोक लगाएको माओवादी केन्द्रका मधेस प्रदेश कमिटी सदस्य रबिराज दंगालले आरोप लगाए । दंगालले भारतको इसारामा अदालतले गैर जिम्मेवार प्रदर्शन गरेर न्यायालयको बदनाम गर्ने कार्य गरेको आरोप लगाए ।
वातावरणीय कारण देखाएर बिहीबार सर्वोच्चले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । वातावरण संरक्षण अभियन्ता र वरिष्ठ अधिवक्ताहरूले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चको बृहत् पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधि शास्त्रीय मान्यता अनुसार उपयुक्त विकल्प खोज्न परमादेश दिएको थियो ।
निजगढमा विमानस्थल निर्माण गर्दा वातावरणीय क्षति धेरै हुने भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस