नेप्से ८.०३ अंकले बढेर २ हजार २३९.६० अंकमा राेकियाे
- गाउँ सहर संवाददाता
- १२ जेठ बिहीबार, २०७९ | १५:१२:०० मा प्रकाशित
काठमाडाैँ । बिहीबार नेप्से ८.०३ अंकले बढेर २ हजार २३९.६० अंकमा राेकिएकाे छ । बुधबार नेप्से १४.३७ अंकले बढेर दुई हजार २ सय ३१ दशमलव ५७ विन्दुमा बन्द भएको थियो ।
आज शेयर बजार बढेपनि कारोबार रकम भने घटेको छ । आज ८८ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार १ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १०३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज मेगा बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४७.५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ५.४७ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी मेगा बैंकको भएको छ । यस कम्पनीको आज ५ करोड ४२ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
प्रतिकृया दिनुहोस