गाउँ सहर

झापामा जन्मदिनमा बीमालेख दिने चलन बढ्दै

विर्तामोड । अभिभावकहरुले आफ्ना बच्चाको जन्मदिन विशेष् बनाउन फजुल खर्च गर्ने प्रचलन बढ्दै गएको बेला झापामा भने जन्मदिनमा बीमालेख उपहार दिने चलन दिन प्रतिदिन बढ्दै गएको छ ।

कन्काई वडा नं ८ निवासी सृजना कडरीयाले आफ्नो छोरा कृसल कडरीयाको जन्मदिनको उपलक्ष्यमा आफ्नो तथा परिवारको सुरक्षा गर्दै वचत गर्ने बानीको विकास गर्न सो बीमालेख उपहार दिएको बताइन् ।

उनले छोरा कृसललाई सिटिजन लाइफ इन्सोरेन्स कम्पनीको रु. १० लाख बराबरको सिटिजन सुभारम्भ बीमा योजना उपहार दिएकी थिइन् ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत