स्वास्थ्य

काेराेनाबाट १० नयाँ संक्रमित थपिए

काठमाडाैँ । पछिल्लाे २४ घण्टामा २ हजार ७६८ जनाकाे परीक्षण गर्दा १० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा १६ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार साे अवधिमा ३१ हजार ३८८ जनाले खाेप प्राप्त गरेका छन् ।

देशभर सक्रिय संक्रमित १३३ रहेकाे छ ।

गाउँ सहर संवाददाता