३२१ मा नेपाली कांग्रेस, ५ स्थानमा अग्रता, वालेन्द्रले ४५ हजार नघाए
- गाउँ सहर संवाददाता
- ९ जेठ सोमबार, २०७९ | १४:५५:०० मा प्रकाशित
काठमाडौँ । मतगणना सुरु भएदेखि नै विभिन्न स्थानमा शिर्ष पदमा नेपाली कांग्रेस अगाडि देखिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कान्छाे स्थानमा रहेकाे छ ।
अहिलेसम्म कांग्रेसले ३२१ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने ५ स्थानमा अग्रता लिएकाे छ । एमालेले १९९ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने ६ स्थानमा अग्रता लिएकाे छ ।
माओवादी केन्द्रले १२० स्थानमा जितेकाे र २ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले १८ स्थानमा जितेकाे र १ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले २९ स्थानमा विजय हासिल गरेका छ भने २ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले २९ स्थानमा जितेकाे छ भने ३ स्थानमा र लाेसपाले १५ स्थानमा जीत र १ स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले २९५ ठाउँमा जीत र ५ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले २२९ ठाउँमा जीत र ११ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले १२६ स्थानमा जीत र ० स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले १८ जीत र ० स्थानमा अग्रता लिएका छन् । एकीकृत समाजवादीले २२ स्थानमा जीत र १ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा ३० स्थानमा जीत र २ स्थानमा अग्रतामा छ । उता लाेसपाले ११ स्थानमा जीत र १ स्थानमा अग्रता लिएकाे छ ।
याे समाचार तयार पार्दासम्म बहुचर्चित काठमाडाैँ महानगरकाे प्रमुखमा स्वतन्त्र उम्मेद्वार वालेन्द्र शाहले ४५ हजार ९८२ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी कांग्रेसकी सिर्जना श्रेष्ठले २७ हजार ४२३ मत प्राप्त गरेकी छन् । एमालेका केशव स्थापित तेस्राे नम्बरमा पुगेका छन् ।
यसैगरी पोखरामा एकीकृत समाजवादीका धनराज आचार्यले लिड गरेका छन् । आचार्यले ५० हजार ६१२ मत ल्याएका छन् ।
भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहालले ४५ हजार ८८७ मत ल्याउँदा एमालेका विजय सुवेदीले ३४ हजार ९९३ ल्याएका छन् ।
यस्तै ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनले ३५ हजार ७०३ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २० हजार ९४२ मत ल्याएका छन् ।
यस्तै वीरगन्ज महानगरमा जसपाका राजेशमान सिंहले ३९ हजार ६६१ मत ल्याउँदा एमालेका विजयकुमार सरावगीले २० हजार २०५ मत ल्याएका छन् ।
उता विराटनगरमा कांग्रेसका नागेशले जितिसकेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
प्रतिकृया दिनुहोस